रिडर्स कपको उपाधी आदर्श विद्या आश्रमलाई

रमेश विश्वकर्मा
गुल्मी,पुस २/
जिल्लाको सदरमुकाम तम्घासमा जारी रिडर्स कप फुटबलको उपाधी आदर्श विद्या आश्रमले हात पारेको छ । फाइनल खेलमा सिद्धबाबा माध्यमिक विद्यालयलाई ४–० को अन्तरले पराजित गर्दै आदर्श विद्या आश्रमले फुटबलको उपाधी हात पारेको हो । खेलमा आदर्श विद्या आश्रमको तर्फबाट छात्रा मनिषा सेनले आफ्नो राम्रो खेल प्रस्तुत गरेकी थिईन । उनले खेल अवधिभर ९ गोल गरेकी थिईन । खेल अवधि भरकै सर्वाधिक गोलकर्ताको रुपमा र उत्कृष्ट खेलाडीको रुपमा समेत सेनलाई सम्मान गरिएको थियो । त्यस्तै विभिन्न व्यक्तिहरुले उनको त्यो खेल देखेर हौंसलाको लागि नगद समेत प्रदान गरेका थिए । उत्कृष्ट गोलरक्षकको रुपमा आदर्श विद्या आश्रमकै छात्रा निर्मला पछाईलाई पनि सम्मान गरिएको छ ।

विजेता आदर्श विद्या आश्रमले ८ हजार नगद पुरस्कार सहित, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपविजेता भएको सिद्धबाबा माध्यमिक विद्यालयले ५ हजार नगद पुरस्कार सहित, ट्रफी, मेडल र प्रमाण पत्र पाएको हो । रिडर्स पब्लिक हाईस्कूल तम्घासले आफ्नो २५ औं वार्षिकोत्सव तथा रजत महोत्सवको अवसर पारेर अन्तर माध्यामिक विद्यालय नगरस्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो । मंसिर २९ गते देखि सुरु भएको रडर्स कप फुटबलमा खेलमा उपल्लो तम्घास माध्यमिक विद्यालय, अर्जुन आवासीय माध्यमिक विद्यालय, महेन्द्र नमुना माध्यमिक विद्यालय, व्रिलियन्ट युनाईटेड एकेडेमी, गण्डकी इङ्लिस वोर्डिङ्ग स्कूल, सिद्धबाबा माध्यमिक विद्यालय, बुद्ध माध्यमिक विद्यालय अर्खले, आदर्श विद्या आश्रम र आयोजक रिडर्स हाइ स्कुल गरी ९ टिमको सहभागिता रहेको थियो ।

  • 639
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    639
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *