राष्ट्रिय बाणिज्य बैंक पाल्पा शाखामा नयाँ नोट लिने सर्वसाधारणको घुइँचो

पाल्पा : दसैं नजिकिँदै गर्दा राष्ट्रिय वाणिज्य बैंक पाल्पा शाखामा नयाँ नोट लिने सर्वसाधारणको घुइँचो लागेको छ । जिल्लामा बैंकले नयाँ नोट वितरण गर्न थालेसँगै सर्वसाधारण नयाँ नोट साट्नका लागि आउने गरेको राष्ट्रिय वाणिज्य बैंक पाल्पा शाखाका प्रबन्धक मित्रलाल नेपालीले जानकारी दिए । सर्वसाधारणको चाप एकैपटक हुने र सेवा दिन समस्या भएकाले तोकन उपलब्ध गराई नयाँ नोट साट्ने व्यवस्था मिलाइएको प्रबन्धक नेपालीले बताए । राष्ट्र बैंकले नयाँ नोट राष्ट्रिय वाणिज्य बैंकलाई एकमुष्ट उपलब्ध गराएपछि वाणिज्य बैंकले जिल्लामा सञ्चालित अन्य वित्तीय बैंकलाई उपलब्ध गराउने गरेको छ ।
नेपाल राष्ट्र बैंकले दसैंलाई लक्षित गर्दै गत आइतबारदेखि नयाँ नोट सटही सुरु गरेको थियो । बैंकका अनुसार एक जनाले २२ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउने छन् । सर्वसाधारणलाई ५, १० र २० रुपैयाँको नोट २/२ प्याकेटका दरले उपलब्ध गराइने भएको छ भने ५० र १०० रुपैयाँको १/१ प्याकेट उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्रिय बाणिज्य बैंक पाल्पा शाखामा पहिलो र दोश्रो तलामा नयाँ नोट साट्नका लागि लागेको सर्वसाधारणको लाइन ।

–तस्वीर : शित्तलपाटी डटकम

IMG_20151014_150903 IMG_20151014_150930 IMG_20151014_150915

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *