राष्ट्रिय जनमुक्ति पार्टीको १७ औं बैठकको निर्णय सार्वजनिक

पाल्पा : राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद (केन्द्रीय समिति) को १७ औं बैठकले गरेको मुख्य ६ वटा निर्णयहरु सार्वजनिक गरेको छ । पार्टीको यही जेठ २२ र २३ गते भरतपुर चितवनमा बसेको बैठकको निर्णय एक प्रेस नोट जारी गर्दै तानसेनमा सार्वजनिक गरेको हो । Top Bdr Aslami
वैठकले सर्वदलीय–सर्वपक्षीय सरकार गठन हुनु पर्ने, लिपु लेक सम्बन्धमा नेपाल सहितको त्रिपक्षीय सम्झौता हुनु पर्ने, भूकम्प प्रभावित क्षेत्रहरुमा पार्टीको केन्द्रीय तहमा महासचिवको र प्रादेशिक तहमा राज्य इञ्चार्जहरुले नेतृत्व गर्ने गरी स्वयम् सेवक सहित ‘पुनस्र्थापना तथा पुनर्निमाण’ अभियान संचालन गरिने, घैघीयताको सन्दर्भमा १२ प्रदेशको अवधारणालाई नै कायम गर्न दवाव दिने र व्यापक भ्रष्टाचार भएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अविलम्ब छानविन गर्न माग लगायतका निर्णयहरु उपमहासचिव तथा केन्द्रीय प्रचार प्रसार विभाग प्रमुख टोप अस्लामीले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै दाताहरुबाट प्राप्त अनुदानहरुको उचित वितरण भए नभएको सम्बन्धमा पार्टीको तर्फबाट अनुगमन गर्नका लागि आवश्यक सदस्यहरु संयोजकले नै तोक्ने गरी अध्यक्ष एमएस थापा संयोजक रहेका छन् ।

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *