रामपुर अंग्रेजी आवासीयले मनायो २८ औं वार्षिक उत्सव

इमानसिं राना
पाल्पा (रामपुर), पुस १८/रामपुर अंग्रेजी आवासीय माध्यमिक विद्यालयले २८ औं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ । पौष १३ गतेदेखि वार्षिक उत्सव विशेष कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयले मंगलबार विशेष समारोहको आयोजना गरी २९ औं अभिभावक दिवस तथा २८ औं वार्षिक उत्सव मनाएको हो ।
वार्षिक उत्सव कार्यक्रमको समुद्घाटन गर्दै विद्यालयका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले समाज रुपान्तरणमा विद्यालयले खेलेको भूमिका अतुलनीय रहेको बताए । उनले विद्यालयलाई स्थापना कालदेखि वर्तमान अवस्थासम्म ल्याउने क्रममा झेलेका समस्याको बारेमा अवगत गराउँदै सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरुमा धन्यवाद दिए । साथै श्रेष्ठले भएका कमि कमजोरी हटाउँदै विद्यार्थीहरुको बढ्दो चापलाई मध्यनजर गरी संरचना निर्माणमा पनि ध्यान दिनु आवश्यक रहेको बताए । त्यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य मुकुन्दप्रसाद गौतमले शैक्षिक गुणस्तर सुधारको लागि शिक्षकहरुले पाठयोजनाको आधारमा शिक्षण गर्नु आवश्यक रहेको बताए । कार्यक्रममा प्याब्सन प्रदेश नं. ५ का सचिवालय सदस्य गोविन्दप्रसाद पौडेलले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाहरुले समाज रुपान्तरणमा महत्वपूर्ण योगदान दिएपनि सरकारले निजी विद्यालयलाई हेर्ने दृष्टकोण फरक भएको बताए । उनले माग अनुसार आधुनिक र प्राविधिक शिक्षा सञ्चालन गर्न झन्झटिलो प्रक्रियाका कारण समस्या भएको बताए ।

कार्यक्रममा विद्यालयका पुर्व व्यवस्थापन समिति सदस्य नगिलाल पौडेल, पूर्व भाईस प्रिन्सिपल कमलचन्द्र तिवारी, संस्थापकहरुको तर्फबाट शेषकान्त भट्टराई, भूपू सैनिक राईजिङ्ग अंग्रेजी बोर्डिङ्ग स्कूलका प्रिन्सिपल हरिप्रसाद न्यौपाने, अभिभावकहरुको तर्फबाट सरस्वती डोटेल, भूपू विद्यार्थी मञ्चका कोषाध्यक्ष जीवन तिवारी, विद्यार्थी तर्फबाट सलिना श्रेष्ठ, आदिन मियाँ, सिम्रन थापा, विनिता अर्याल, विहानी सिग्देल, दिपशिखा गुप्ता, प्रकाश जिसी, अञ्जली श्रेष्ठ र सञ्जीविनी विकले बोल्दै व्यवस्थापन पक्ष, शिक्षक र विद्यार्थीहरुको अथक प्रयासबाट विद्यालय जिल्ला मै उत्कृष्ट अंक ल्याउन सफल भएको बताएका थिए । वार्षिक उत्सवको अवसरमा विद्यालयका प्रिन्सिपल सूर्यप्रसाद घिमिरेले भौतिक, शैक्षिक पक्षको वर्तमान अवस्था, प्राप्त गरेको उपलब्धी र भावी योजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक उत्सवको अवसरमा विद्यालयले २०७२, २०७३ र २०७४ सालको एसएलसी तथा एसईई परिक्षामा विशिष्ट श्रेणी र ए प्लस ल्याउने र कक्षा १२ मा विशिष्ट अंक ल्याउने विद्यार्थीहरुलाई गोल्ड मेडल सहित सम्मान गरेको थियो । साथै सेवा अवधी र कार्य सम्पादनको आधारमा विद्यालयका लेखापाल दोवराज ढुङ्गाना, शिक्षक दयाराम भट्टराई, सारदाप्रसाद पाण्डे, शुसिला ढकाल, नारायणी सुवेदी, तिर्था सिग्देल, सागर श्रेष्ठलाई सम्मान गरेको थियो । त्यस्तै विद्यालयका विद्यार्थीहरुलाई तहगत रुपमा विभिन्न विधामा पुरस्कृत गरेको छ ।
वार्षिक उत्सव विशेष कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बालगीत, राष्ट्रिय गीत र विभिन्न कला संस्कृति झल्काउने गीतहरुमा नृत्य प्रदर्शन गरेका थिए । साथमा गीत तथा कविता मार्फत आफ्ना प्रतिभा प्रस्फुट गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु रेग्मीको अध्यक्षताबाट सुरु भएको कार्यक्रम विद्यालयका भाईस प्रिन्सिपल बसन्तराज पंगेनीको स्वागत र शिक्षक अशोक ढु·ानाको सञ्चालनमा भएको हो ।

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *