रामपुरमा शनिबार देखि दोस्रो मेयर कप हुँदै

इमानसिं राना
पाल्पा (रामपुर)मंसिर २०/
पाल्पाको रामपुरमा शनिबार देखि दोस्रो मेयर कप हुँदै छ । नगर खेलकुद विकास समिति रामपुर पाल्पाको आयोजनामा स्थानीय प्रतिभाको खोजी संगै प्रर्वद्धनका लागि दोस्रो मेयर कप हुन लागेको हो । प्रतियोगिताको तयारी र उद्देश्यका बारेमा नगर खेलकुद विकास समितिले विहिबार विजयपुरमा पत्रकार सम्मेलन मार्फत जानकारी दिदै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

मंसिर २२ देखि २५ गते सम्म रामपुर नगरपालिका ६ विजयपुर खेल मैदानमा हुने प्रतियोगिता गत वर्ष भन्दा थप खेल सहित फरक ढंगले हुने समितिले उल्लेख गरेको छ । पहिलो मेयर कपमा वडा स्तरीय महिला र पुरुष भलिबल सम्पन्न गरेको समितिले दोस्रो मेयर कप अन्तर्गत अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल, पुरुष फुटबल र साथमा रामपुर नगरपालिका र चापाकोट नगरपालिका स्तरीय डबल व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको नगर खेलकुद विकास समिति रामपुरका अध्यक्ष शंकर बहादुर खाँणले बताए । उनले स्थानीय प्रतिभाको उजागर गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म पु¥याउनका लागि नगर भित्रका वडा स्तरीय महिला तथा पुरुष भलिबल र पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा १० वटै वडाको सहभागीता रहने छ ।

साथै खाँणले पछिल्लो समयमा बढ्दै गरेको क्रेजलाई मध्यनजर गर्दै सम्बन्ध सुमधुर बनाउन चापाकोट र रामपुर नगरपालिका स्तरीय डब्लस व्याटमिन्टन आयोजना गर्न लागिएको बताए । नगर खेलकुद विकास समितिले खेलकुदको पूर्वाधार निर्माणमा राहत होस् भनि यस वर्ष फरक ठाउँमा कार्यक्रम गरिएको बताए । नगर खेलकुद विकास समिति रामपुरले प्रतियोगिता सञ्चालनको लागि वडा स्तरीय खेलकुद विकास समिति, रामपुर फुटबल संघ र रामपुर भलिबल संघ सँग समन्वय गरेको जनाएको छ ।

प्रतियोगिता अन्तर्गत पुरुष भलिबल प्रतियोगिताका प्रथम, द्धितिय र तृतियले क्रमश नगद ५० हजार, ३० हजार र २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने महिला भलिबलका पहिलो, दोस्रो र तेस्रोले नगद ३० हजार, २० हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ छ । पुरुष फुटबल प्रतियोगितामा विजेताले क्रमश नगद ५० हजार, ३० हजार र २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै डबल्स व्याटमिन्टनमा विजेताले नगद २० हजार, १२ हजार र ८ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
पत्रकार सम्मेलनमा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलकुदले स्वास्थ्यको लागि मात्र नभई समाज र राष्ट्रलाई चिनाउने भएकाले नगरले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । यस्तै कार्यक्रम कै अवसरमा नगर खेलकुद विकास समिति, जनप्रतिनिधि, पत्रकारको रहोबरमा भलिबल प्रतियोगिता, फुटबल प्रतियोगिताको गोला प्रथा समेत गरिएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दुर्गेश मल्लले गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *