रामपुरमा जारी पिडब्लुसी कप भलिबल सकियो

पाल्पा (रामपुर), माघ २१/रामपुर नगरपालिका २ खयरबोटमा सञ्चालित अन्तर विद्यालय स्तरीय पिडब्लुसी कप भलिबल तथा बौद्धिक प्रतियोगिता सकिएको छ । जिल्लाको प्रतिनिधि सभा क्षेत्र १ प्रदेश सभा ‘क’ भित्रका विद्यालय बीचको प्रतियोगिता जनउत्थान परिषद्को १८ औं वार्षिक उत्सवको आयोजना र जापानीज नागरिक ओके बाजे र डाक्टर हिडेकी कावडाको प्रयोजनामा भएको हो । ओके बाजे रंगशालामा भएको माध्यमिक तह स्तरिय छात्र भलिबल प्रतियोगितामा १५ विद्यालयको सहभागिता रहेकोमा प्रथम जनविकास माध्यमिक विद्यालय रामपुर नगरपालिका ३ रजघरा, द्वितीय कृष्णादेवी माध्यमिक विद्यालय रामपुर २ भलाएटार, तृतीय अंशु वर्मा माध्यमिक विद्यालय निस्दी २ सहलकोट भएका छन् । छात्रा भलिबल प्रतियोगितामा ६ विद्यालयको सहभागिता रहेकोमा प्रथम बालहित माध्यमिक विद्यालय निस्दी २ सहलकोट, द्वितीय भूपु सैंनिक राईजिङ ई·लिस स्कूल रामपुर, तृतिय चन्द्रोदय माध्यमिक विद्यालय रामपुर १ पन्थे भएका छन् । निम्न माध्यमिक तह स्तरीय नृत्य प्रतियोगितामा भुपु सैनिक बोर्डि·का दुर्गा थापा प्रथम, राधाकृष्ण माध्यमिक विद्यालय निस्दी १ का दुर्गा राना, छम्के आधारभूत विद्यालय रामपुर १ का मनिसा नेपाली तृतीय भएका छन् । माध्यमिक तहको सामाजिक विकृति न्यूनिकरणमा बालबालिका र सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम बालहित माध्यमिक विद्यालय निस्दी २ का निश्चल राना, द्वितीय कृष्णादेवी माध्यमिक विद्यालय रामपुर २ का मुना कार्की र तृतीय जनविकास माध्यमिक विद्यालय रामपुर ३ की राधा पराजुली भए ।
प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच स्टेशनरी सामग्री सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनकोलागि संस्थाले गर्दै आएको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा कार्यक्रम सञ्चालनको लागि नगरपालिकाले पनि सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, रामपुर नगरपालिका १ का वडा अध्यक्ष मित्रलाल कंडेल, वडा २ अध्यक्ष तारा बहादुर थापा लगायतले समाज रुपान्तरणमा अझ सशक्त भएर अघि बढ्न आग्रह गरेका थिए । जनउत्थान परिषदका अध्यक्ष दानबहादुर मल्लको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन जनउत्थान परिषदका सचिव चिञ्जीवि सिग्देलले गरेका थिए ।

  • 559
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    559
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *