रामपुरमा जारी दोस्रो मेयर रनिङ्ग कपको फाईनल खेल मंगलबार हुँदै

इमान सिं राना
पाल्पा (रामपुर)मंसिर २४/
नगर खेलकुद विकास समिति रामपुरको आयोजनामा पाल्पाको रामपुरमा गत शनिबार देखि सुरु भएको दोस्रो मेयर रनिङ्ग कपको मंगलबार समापन हुँदैछ । दोस्रो मेयर रनिङ्ग कप अन्तर्गत भएका प्रतियोगिताको बाँकी सेमिफाईनल र फाईनल खेल संगै विधिवत रुपमा समापन गरिने नगर खेलकुद विकास समितिले जनाएको छ । आज भएको खेलमा वडा स्तरीय महिला भलिबल र वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको सेमिफाईनल अन्र्तगतका खेलहरु सम्पन्न भएका छन् । वडा स्तरीय पुरुष भलिबल, चापाकोट र रामपुर नगरपालिका स्तरीय डब्लस व्याटमिन्टन प्रतियोगिताको सेमिफाईनलका खेलहरु भने बाँकी रहेका छन् । पुरुष फुटबल प्रतियोगिताको फाईनलमा समुह ए बाट वडा ६ र समुह वि बाट वडा ७ प्रवेश गरेको छ । सेमिफाईनलमा वडा १० लाई ३÷० गोलले पराजित गर्दै वडा ६ फाईनलमा प्रवेश गरेको थियो । खेलको पहिलो हाफमा २ गोल र दोस्रो हाफ थप एक गोल गर्दै वडा ६ फाईनलमा प्रवेश गरेको हो । वडा ३ लाई ७÷० को फराकिलो गोल अन्तरले पराजित गर्दै वडा ७ ले फाईनलको यात्रा तय गरेको छ । खेलको पहिलो हाफमा २ गोल गरेको वडा ७ ले दोस्रो हाफमा लगातार ५ गोल गरेको थियो । तृतिय स्थान निर्धारणका लागि सेमिफाईनलमा पराजित वडा १० र वडा ३ बीच भएको खेलमा वडा ३ लाई १÷१ गोलले पराजित गर्दै वडा १० ले तृतिय स्थान हासिल गरेको छ।

महिला भलिबल प्रतियोगितामा समुह ए बाट वडा १ र समुह वि बाट वडा १० फाईनलमा प्रवेश गरेका छन् । सेमिफाईनलमा वडा ४ लाई सोझो सेटमा पराजित गर्दै वडा १ ले फाईनलको यात्रा तय गरेको हो । वडा ९ र १० बीच भएको सेमिफाईनल खेलमा पहिलो सेट वडा ९ ले हात पारेको थियो । अन्ततः पछिल्लो तीन सेट लगातार हात पार्दै वडा १० फाईनलमा पुगेको हो । तृतिय स्थान निर्धारणको लागि भएको खेलमा वडा ४ लाई सोझो सेटमा पराजित गर्दै वडा ९ ले तृतिय स्थान पक्का गरेको छ ।
चापाकोट नगरपालिका स्तरिय डब्लस व्याटमिण्टनमा प्रतियोगितामा आज क्वाटर फाईनलका २ खेल सहित १३ खेल सम्पन्न भएको छन् ।
प्रतियोगिता अन्तर्गत पूरुष भलिबल प्रतियोगिताका प्रथम, द्धितिय र तृतियले क्रमश नगद ५० हजार, ३० हजार र २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्, भने महिला भलिबलको पहिलो, दोस्रो र तेस्रोले नगद ३० हजार, २० हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । पुरुष फुटबल प्रतियोगितामा विजेताले क्रमश नगद ५० हजार, ३० हजार र २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै डबल्स व्याटमिन्टनमा विजेताले नगद २० हजार, १२ हजार र ८ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *