रामपुरमा कर्मचारीद्वारा वृक्षरोपण

इमान सिं राना
पाल्पा(रामपुर),असार ३०/
एककर्मचारी एक विरुवा कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकामा वृक्षरोपण कार्यक्रम भएको छ । नगरपालिकाको कार्यालय तथा विभिन्न विषयगत शाखामा कार्यरत कर्मचारीहरुले रामपुर नगरपालिकाको कार्यालय र कृषि तथा पशु सेवा शाखाको कार्यालय परिसरमा फलफुलको विरुवा रोपेको हो । कार्यालय परिसरमा आँप तथा लिचीका विरुवा रोपिएको छ । विरुवा रोपण कार्यक्रमको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले शुभारम्भ गरेका थिए । वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख थापाले कार्यालय परिसर हराभरा बनाउनका लागि रोपिएका विरुवाको संरक्षणमा ध्यान दिन आग्रह गरे । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, लेखा अधिकृत रेणुराम ज्ञवाली, शिक्षा शाखा प्रमुख रमाकान्त अर्याल, स्वस्थ्य शाखा प्रमुख तिर्थप्रसाद ढुङ्गाना, कृषि शाखा प्रमुख रामहरी पाण्डे, पशु सेवा शाखा प्रमुख मोहन भट्टराई लगायतले नगरपालिका कार्यालय तथा विषयगत शाखाका कर्मचारीहरुको सुहभागिता रहेको थियो ।