रानीमहल क्षेत्रमा सरसफाई

पाल्पा, जेठ १०/नेपाली सेनाको गोरखदल गणले प्रेमको प्रतिक रानीमहलमा बृहत सरसफाई गरेको छ । आन्तरिक तथा बाह्य पर्यटको आकर्षणको रुपमा रहेको रानीमहललाई थप आकर्षक बनाउन सरसफाई कार्यक्रम गरेको हो । नेपाली सेना, तनासेन नगरपालिकाको सरसफाई शाखा, डिभिजन वन कार्यालय, रानीमहलको सुरक्षार्थ खटिएको प्रहरी युनिट लगायतले उक्त क्षेत्रको सरसफाई गरेको थियो । गणका गणपति सुरज थापामा नेतृत्वमा गएको टोलीले रानीमहलको प्रवेश क्षेत्रदेखि प्रङ्गण, महलको पानी पोखरी क्षेत्रमा सरसफाई गरी उक्त स्थानबाट निस्केको फोहोरको व्यवस्थापन गरेको छ । प्रेम जोडीको आकर्षक गन्तब्य मानिने रानीमहललाई थप स्वच्छ, हराभरा र सरसफाई युक्त बनाउन सरसफाई कार्यक्रमको आयोजना गरिएको गणका गणपति थापाले बताए । उनले कार्य क्षेत्र भित्रको ऐतिहासिक महत्व बोेकेको सम्पदा र धरोहरको संरक्षण र प्रर्वद्धनमा टेवा पु¥याउने दायित्व सेनाको पनि भएकाले सामाजिक कामलाई तिव्र पारिएको जानकारी दिए ।
कार्यक्रममा तानसेन १३ का वडा अध्यक्ष टुकप्रसाद भट्टराईले सेनाले रानिमहलको सरसफाईमा पु¥याएको सहयोगको प्रशंसा गर्दै वडाले सिमित स्रोत र साधनको कारण गर्न नसकी रहेको अवस्थामा सेनाले प्रशंसनीय कार्य गरेको बताए । गणका मेजर मनोज डंगोलले नेपाली सेना भनेको हतियार गोली गठ्ठमा मात्र सिमित नरही आवश्यकता परेको बखत सामजिक हित, परोपकार, जनश्रमदान, सरसफाई, सचेतनामूलक कार्यक्रम गर्न पनि त्यतिकै सक्रिय रहेकोमा जोड दिए । गणको आयोजनामा भएको सरसफाई कार्यक्रमलाई तानसेन नगरपालिकाले पनि साथ दिर्दै आएको छ । सरसफाई शाखा प्रमुख शंकर भण्डारीले नगरपालिकाले स्वच्छ, स्वस्थ र हरित शहर निर्माणका लागि गुरुयोजना बनाएर काम गर्दै आएको भए पनि कतिय अवस्थामा जनशक्ति अभावले गर्न नसकेको काममा सेनाले पु¥याएको योगदानप्रति नगरपालिक सधै ऋणि रहने बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •