‘राणा, राजा समात्त भएझै कम्युनिष्ठहरु पनि समाप्त हुने’

पाल्पा, माघ २७/नेपाली काँग्रेसका सभापति एवं प्रदेशसभा सदस्य वीरबहादुर रानाले नेपालको इतिहासमा राणा राजा समाप्त भएझै अधिनायकवादी सोंच भएका कम्युनिष्ठहरुको पनि अन्त्य भएर जाने बताएका छन् ।
आइतबार नेपाली काँग्रेस जिल्ला कार्यसमितिद्वारा आयोजित सदस्यता वितरण तथा जनतासँग नेपाली काँग्रेस अभियान अन्तर्गत रिब्दीको वडा ५ को कुसुमखोलामा क्रियाशील सदस्यता वितरण तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि रानाले सने कुरा बताएका हुन् । कार्यक्रममा ७० वर्ष पूरा भएको क्रियाशील सदस्य, पूर्व वडाका सभापति, पूर्व गाविस अध्यक्ष, उपाध्यक्ष एवं निरकुशता विरुद्धका संघर्षमा सहभागी भएका अंग्रज नेताहरु करिव ४० जना अंग्रजहरुलाई सम्मान गर्नुका साथै भातृ तथा शुर्भेछुक संस्थाहरु गठन गर्ने कार्य भएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि तथा सदस्यता वितरण अभियानका संयोजक महासमिति सदस्य हिमालदत्त श्रेष्ठले नागरिकको सेवामा सर्मपित पार्टी नेपाली काँग्रेस भएकोले भविष्य काँग्रेसको भएकोले सम्पूर्ण कार्यकताहरुलाई उत्साहित भएर जनताको जनजीविकाको मुद्दा स्थानीय तहबाट नै उठाउनका लागि अपिल गरे । कार्यक्रममा पार्टीका सल्लाहकार भानुभक्त पाण्डे, सम्मानित व्यक्तिहरुको तर्फबाट डिल्लीबहादुर कार्की, मोतिराज ज्ञवाली, प्रदेश सभा उमेद्वार राम कार्की, जिल्ला सदस्य शान्ता बोहोरा, तरुण दलका अध्यक्ष मेजरसिं कार्की, बगनासकालीका प्रवता लक्ष्मी अधिकारी, महिला नेतृ माया खनाल, नेविस सचिव दिपक पाण्डे लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा हिराधर आचार्यको सभापतित्व, वसन्त आचार्यको स्वागत र कमल खनालको सञ्चालन रहेको थियो ।

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *