रकम सुरक्षित राख्न नयाँ प्रविधिको प्रयोग गर्दै विजयपुर सहकारी

पाल्पा (रामपुर) असोज ८/ जिल्लाको एक सहकारीले रकम सुरक्षित गर्न नयाँ प्रविधि अपनाएको छ । जिल्लाका सहकारीहरु असुरक्षित भइरहेका बेला जिल्लाको रामपुरमा रहेको विजयपुर कृषि सहकारी संस्थाले नयाँ प्रविधिको प्रसयोग गरेको हो । सहकारीले रकमलाई सुरक्षित राख्न सेफ कारोबार सुरु गर्न थालेको छ । सोमवार सहकारीले एक कार्यक्रमका बिच उद्घाटन गरी सेफबाट कारोबार सुरु गरेको हो । उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा सहकारी अभियान्त भुपती पाण्डेले सहकारीहरुमा रहेको रकम पनि असुरक्षिता रहने भएकाले यस्तो प्रविधिको प्रयोगबाट सहकारीको रकम सुरक्षित हुने बताए ।

कार्यक्रममा पत्रकार शुसिला रेग्मीले जिल्लाका सहकारीहरुले पनि ठूला ठूला कारोबार गर्ने भएकाले ग्राहकहरुको रकमलाई सुरक्षित राख्न सहकारीले अपनाएको कार्यको प्रशंसा गरिन । उनले गा्रहकको रकम सुरक्षित गरी विश्वासीलो सहकारीको रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिइन् । कार्यक्रममा दुई सय ३८ जना सेयर सदस्य रहेको सहकारिमा दैनिक करिब एक लाख बराबरको कारोबार हुने गरेको ब्यवस्थापक मतिसरा सुनारले जानकारी गराईन । कार्यक्रम सहकारीका अध्यक्ष सुर्यप्रसाद रेग्मीको अध्यक्षता र सञ्चालन सचिव ओमप्रकाश रेग्मीले गरेका थिए ।

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *