योग र ध्यान साधना

मानव स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिएको योगको महŒव पछिल्लो समय बढ्दै गएको छ । योगगुरु एवम् योगी रामदेवले शारीरिक र मानसिक स्वास्थ्यका लागि योग नै सर्वोत्तम विकल्प भएको भन्दै प्रचारप्रसार थालेपछि नेपालीहरूमा पनि योगप्रतिको जागरण बढेको हो । पतञ्जली नामका ऋषिले विकास गरेको योगको प्रक्रिया रामदेवले पुनरुत्थान र परिष्कृत गरी देशविदेशमा प्रचारप्रसार गरेका हुन् । योग कुन ठाउँमा विकास भयो र कुन ठाउँमा विस्तार भयो ? यसले ठूलो महŒव राख्दैन । यो यस्तो विद्या हो जसमा विश्वका सबै मानिसले आ–आफ्नो तर्फबाट योगदान दिएका छन् । विद्वान्हरू योग पाँच हजार वर्षपहिले आरम्भ भएको विश्वास गर्छन् । प्राचीन ग्रन्थ, वेद तथा शिलालेखमा योगका आसनहरू कोरिएको पुराताŒिवक प्रमाण फेला परेको उनीहरू बताउँछन् । परापुर्व कालमा ऋषिमुनिहरुले गर्ने भनिएको योगको महŒव आधुनिक युगमा झनै बढ्दै गएको छ । बढ्दो मानसिक तनाव, प्रदुषण र व्यस्त जीवनशैलीबाट मुक्त हुन नियमित योग अभ्यास गर्नु मानव स्वाथ्यका लागि लाभदायक मानिन्छ । प्राचिन समयदेखि योग विशेषगरि धर्म एवं आध्यात्मिक क्षेत्रमा मात्र बढी प्रयोग भएपनि मानव सभ्यताको विकाससंगै विकसित आधुनिक चिकित्सा पद्धतिबाट सफल हुन नसकेको रोगको निदान गर्ने कार्यमा समेत प्रयोग भइरहेको छ । राष्ट्रसंघले हरेक वर्ष २१ जुनलाई विश्व योग दिवसका रुपमा मनाउनेसमेत घोषणा गरिसकेको छ । पश्चिमी मुलुकमा योग अर्बौं अमेरिकी डलरको उद्योग बनेको छ । ध्यान साधनाले जीवनमा सकारात्मक परिवर्तन ल्याउने र मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरु निको हुने विज्ञहरु बताउँछन् । अस्वस्थ शरीरलाई स्वस्थ बनाउन, अशान्त मनलाई शान्त पार्नका लागि आधुनिक युगमा मावन जीवनमा योग अति आवश्यक छ । शरीरमा लोच बढाउन योगासनले महŒवपूर्ण योगदान गर्छ तर योगासन सम्पूर्ण योगको एउटा अंश मात्र हो र जीवनमा खानपान, काम गराइ, व्यवहार, बोली आदि पनि शारीरिक र मानसिक स्वास्थ्यका लागि त्यतिकै महŒवपूर्ण हुन्छन् । योगासनबाट सबै रोग जादु झैं ठीक हुन्छ भन्ने भ्रम अधिकांश बिरामीबाट हटाउन सकिए राम्रो हुनेछ । रोग लाग्न नदिनु राम्रो पक्ष हो, रोग लागेपछि रोगको उपचार गर्नु राम्रो हुनेछ, तर योगको मात्रै भर पर्नु हुँदैन । यसका लागि सम्बन्धित उचित चिकित्सकको सल्लाहमा योग गर्न सकिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *