युवाहरु बिच झडप हुँदा दुई युवा घाईते

पाल्पा, मंसिर २१ रामपुर नगरपालिका ५ बेझाँड बजारमा शुक्रबार बिहान युवाहरु विच सामान्य विवादका कारण झडप हुँदा दुई युवा घाईते भएका छन् ।
झडपमा समसुल हक मिया र सहादत हुसेन घाईते भएका हुन् । सहादत हुसेनको टाउको र समसुल हक मियाको टाउको, कान र खुट्टामा चोट लागेको छ । समसुल हक मियाँलाई सुगर र प्रेसर लगायत अन्य समस्याका कारण रामपुर अस्पतालमा सामान्य उपचारपछि काठमाडौंं रिफर गरिए प्रहरीले जनाएको छ । घाईते दुवै जनालाई हेलिकप्टर मार्फत काठमाडांै लगिएको छ । समसुल हक मिया र सहादत हुसेनलाई अशोक श्रेष्ठ, बाबुराम श्रेष्ठ, अमृत श्रेष्ठ र चन्द्र श्रेष्ठले कुटपिट गरेको बताईएको छ । कुटपिट गरेको आरोपमा उनीहरुलाई प्रहरीको नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भुपालसिंह रानाले जानकारी दिए ।

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *