युवाहरुको रोजाई ‘यामाहा एफजीएस भी थ्री’

पाल्पा, जेठ ३०/यामाहाले सार्वजनिक गरेको ‘यामाहा एफजीएस भी थ्री’ युवाहरुको रोजाईमा पर्न सफल भएको छ । सुरक्षित र भरपर्दा रहेकाले पनि ‘यामाहा एफजीएस भी थ्री’ युवाको रोजाईमा पर्न सफल भएको हो । यामाहाको नेपालका लागि आधकिारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ल्याएको यो बाइकले नेपाली सडकमा छुट्टै पहिचा दिन सफल भएको छ । यसको डिजाइन, पर्फमेन्स र कम्फोर्टका कारण पनि यो बाईक धेरै ग्राहको जनरमा पर्न सकेको हो । यसमा नयाँ ‘फुल–एलईडी डुअल पड हेडल्याम्प युनिट’ र ‘प्रिमियम क्रोम फिनिस’ सहितको नयाँ ‘मस्कुलर फ्युल ट्यांक’ छ ।

अगाडिबाट हेर्दा यो जति प्रिमियम स्टाइलको देखिन्छ, पछाडिको लुक्स उत्तिकै दुर्लभ लाग्ने गर्दछ । यो बाइक रोमाञ्चक राइडकै लागि बनेको हो । युवा पुस्ताको रोजाइ अनुसार निर्माण भएको यो बाइकले नेपाली सडकमा आफ्नो गजबको अब्बलता प्रदर्शन गर्दैछ । यामाहाले सँधै ग्राहकको सुरक्षामा ध्यान दिँदै आएको यामाहा पाल्पा जिल्लाको आधिकारी विक्रेता ज्ञानेन्द्र अटोका विवेककाजी शाक्यले बताए । पछिल्लो पुस्ता यामाहा एफजीएस भी थ्री प्रति बढी आकर्षित भएको शाक्यले जानकारी दिए ।

यो वाईकले सार्वजनिक भएको छोटो समयमै जिल्लाका युवाहरुको मन जित्न सफल भएको छ । यसमा पनि डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल छ । यसलाई अघिल्लो पुस्तामा भन्दा धेरै ‘इन्फर्मेसन’ दिनसक्ने गरी राखिएको छ । नयाँ मोटरसाइकलमा ‘कि (साँचो) पोजिसन’ ट्यांकमा सारिएको छ । यसले पनि बाइकलाई फरक लुक्समा प्रस्तुत गरेको छ । ज्ञानेन्द्र अटोले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै जुनसुकै ब्राण्डका पुरानो मोटरसाईकल तथा स्कुटर ल्याएर आएमा यामाहाको नयाँ मोटरसाईकल तथा स्कुटर खरिद गर्न सक्ने व्यवस्था गर्दै आएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •