#wairing news # purwakhola news # palpa news #images

युवालाई सीप सिकाई आत्मनिर्भर बनाउन पूर्वखोलामा हाउस वायरिंङ्ग तालिम

इमान सिं राना
पाल्पा(रामपुर), वैशाख ८
./पूर्वखोला गाउँपालिका ३ रिङ्नेरहमा युवाहरुका लागि निशुल्क हाउस वायरिङ्ग तालिम सुरु भएको छ । युवाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ सुरु भएको ३ सय ९० घण्टे तालिम घरेलु तथा साना उद्योग कार्यालय तानसेनको आयोजना र पूर्वखोला गाउँपालिकाको समन्वयमा भएको हो । तालिमको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले उट्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै अध्यक्ष थापाले सीप र जाँगर भएमा स्वदेश मै बसेर पनि युवाहरु आत्मनिर्भर बन्न सक्ने बताए । उनले तालिमलाई गहन रुपले लिएर दक्ष बन्न आग्रह गर्दै आगामी दिनमा थप तालिम सञ्चालनका लागि गाउँपालिकाले पहल गर्ने बताए । कार्यक्रममा तालिममा सिक्ने ज्ञानका बारेमा प्रशिक्षक विजय अस्लामी मगरले जानकारी गराएका थिए ।

घरेलु तथा साना उद्योग कार्यालय तानसेनका उद्योग अधिकृत बालकृष्ण गैरेले एक घर एक रोजगारी सिर्जना गर्न तालिम सञ्चालन गरिरहेको बताए । तालिममा गाउँपालिका भित्रका २० जना युवाहरुको सहभागीता रहेको छ । तालिमको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले सञ्चालन गरेका थिए । यस्तै पूर्वखोला गाउँपालिका ३ रिङ्नेरहमा आईतबार देखि ४५ दिने ऊनी झोला बुनाई सीप विकास तालिम सुरु भएको छ । सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समुह नेपालको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको सहयोगमा तालिम सुरु भएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *