यामाहाले ल्यायो दशै तिहार विशेष हंगामा

पाल्पा, भदौ ८/जिल्लामा यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता ज्ञानेन्द्र अटो वक्सले दशै तिहार विशेष हंगामा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई विभिन्न समयमा आकर्षक योजना ल्याउँदै आएको ज्ञानेन्द्र अटोले विशेष छुटका साथ दशै तिहार विशेष हंगामा ल्याएको हो ।
यामाहा बाईक तथा स्कुटरको खरिदमा ग्राहकले हात खाली नजाने पुरस्कार पाउने छन् । खरिदमा ग्राहकले सात हजारदेखि १ लाखसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ । कम्पनीले हरेक दिन भाग्यशाली विजेतालाई नगद पुरस्कार १ लाखसम्मको व्यवस्था गरेको छ । त्यति मात्र कहाँ हो र यामाहाले दशै तिहारको अवसर पारेर कुनै पनि ब्राण्डको मोटरसाईकल तथा स्कुटर एक्सेञ्च गरे यामाहाको बाईक तथा स्कुटर चड्ने सुविधाको पनि व्यवस्था गरेको छ । कम्पनीले सेल्फी कन्टेसटमा भाग लिने ग्राहकका लागि हरेक हप्ता आईफोन एक्स उपहार पनि राखेको जनाएको छ । साथै ग्राहकको सेवालाई मध्यनजर गर्दै वक्सले बाइक तथा स्कुटरको उचित मूल्याकंन सहित न्यूनतम ब्याजदरमा फाईनान्सको समेत व्यवस्था गरेको छ ।

जिल्लामै सबैभन्दा पुरानो र विश्वासिलो एक मात्र फुल्लि सर्भिस तथा एफआई स्टेसनको साथमा रहेको ज्ञानेन्द्र अटो वक्र्सले बजारमा भरखरै आउन लागेको नेपालमा पहिलो एमटी सिरीज बाईक जुन अन्तर्राष्ट्रिय बजारमा प्रख्यात रहेको यामाहाको एमटी १५ को पनि बुकिङ्क खुला गरेको छ । उक्त बाईको मूल्य ४ लाख २४ हजार ९ सय कायम गरेको वक्र्सका विवेककाजी शाक्यले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •