#यामाहाले ल्यायो चाडपर्व योजना, बाईक र स्कुटर खरिदमा ९ लाख २५ हजार सम्मको उपहार

यामाहाले ल्यायो चाडपर्व योजना, बाईक र स्कुटर खरिदमा ९ लाख २५ हजार सम्मको उपहार

पाल्पा, भदौ १८/चाडपर्वलाई लक्षित गर्दै यामाहाको पाल्पाका लागि आधिकारीक विक्रेता ज्ञानेन्द्र अटो वक्र्सले नयाँ योजना ल्याएको छ । यामाहा बाईक तथा स्कुटर खरिद गर्ने ग्राहरुका लागि कम्पनीले योजना ल्याएको हो । कम्पनीले दशै तिहार योजनामा नयाँ यामाहाका बाइक र स्कुटर खरिदमा खाली हात नजाने योजना ल्याएको कम्पनीले जनाएको छ । नयाँ बाईक र स्कुटर खरिद गर्नेहरुले एउटा स्क्रयाच कार्डमा एक लाख सम्मको नगद पुरस्कार तत्कालै पाउने छन् ।

जस अन्र्तगत एक जना साप्ताहिक भाग्यशाली ग्राहकले ९ लाख २५ हजार बराबरको यामाहाको ३२१ सिसिको यामाहा आरथ्रि बाईक समेत पाउन सक्ने ज्ञानेन्द्र अटो वक्र्सले जनाएको छ । आउँदै गरेका चार्डपर्वहरुको अवसर पारेर कम्पनीले ग्राहकहरुको मागलाई मध्यनजर गरी हरेक दिन एक्सेञ्ज सुविधा समेत ल्याएको छ । जसमा कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कुटर ल्याएर आएमा यामाहाको नयाँ बाईक तथा स्कुटर चढेर जाने व्यवस्था रहेको छ ।

छुट योजना नगद, फाइनान्स र एक्सेञ्ज खरिदमा पनि उपलब्ध रहेको छ । साथै कुनै पनि ग्राहकले यामाहाको सोरुममा आएर नयाँ बाईक तथा स्कुटर टेस्ट राईड गरे बापत आकर्षक उपहारको पनि व्यवस्था रहेको अटो वक्र्सले जनएको छ ।

  • 70
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    70
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *