यातायातमा २० प्रतिशतले भाडा वृद्धि

शैलज नेपाल
काठमाडौं, जेठ ३१/सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । असार १ गतेदेखि लागू हुने गरी सरकारले सार्वजनिक बसको भाडा २० प्रतिशतले वृद्धि गरेको हो । यात्रु बोक्ने र मालसामान बोक्ने दुवैथरी यातायातका साधनको भाडामा वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।

सरकारले काठमाडौं उपत्यका भित्र चल्ने सवारी साधनको भाडा १२ प्रतिशत र उपत्यकाबाट लामो दुरी तथा मालवाहकमा २० प्रतिशतले वृद्धि गरेको छ । यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुख लगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए ।

यो सँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । यसअघि १४ रुपैयाँ थियो । यस्तै दिउँसो सार्वजनिक सवारी चढ्दा न्यूनतम १६ रुपैयाँ तिर्नुपर्ने भए पनि रात्रीकालीन बसमा यात्रा गर्दा न्यूनतम २२ रुपैयाँ भाडा तिुर्नपर्ने जनाइएको छ । यसअघि व्यवसायीले भाडा वृद्धिको माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो । मेकानिकल पार्टस, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्य वृद्धि लगायतका कारण भाडादर वृद्धि गरिएको बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *