यस्तो रहेछ विश्वकप ट्रफी

WORLD-CUP-TROPHY-AT-DASRATH_20131221045301

काठमाडौ, पुस ६ :  विश्वकप फुटबल ट्रफी पहिलोपल्ट नेपाल आइपुगेको छ । राष्ट्रपति रामवरण यादवले दशरथ रंगशालामा शनिबार ६.१७५ केजी सुनको उक्त ट्रफी उचाले । विश्वकप फुटबल ट्रफी उचाल्ने राष्ट्रपति यादव पहिलो नेपाली हुन् ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले २००६ देखि थालेको  ‘ट्रफी टुर’ अन्तर्गत २०१४ को विश्वकप आयोजनापूर्व विभिन्न मुलुक घुमाउने क्रममा यो पल्ट पहिलो पटक नेपाल ल्याइएको हो ।

विश्वकपका पछिल्ला दस संस्करणका विजेताले उठाएको यो ट्रफी ७५ प्रतिशत शुद्ध सुनद्वारा निर्मित हो । यो ट्रफी सन् १९७४ मा पश्चिम जर्मनीका कप्तान प|mान्ज बेकेनबाउर, १९८२ मा अर्जेन्टिनी कप्तान डिएगो म्याराडोना, २०१० मा स्पेनी कप्तान इकर कासियासले पनि उचालेका थिए । फिफाले राष्ट्रप्रमुख र पूर्वविजेता टिमका कप्तानलाई मात्र ३६ सेन्टिमिटर उचाइको ट्रफी

छुन दिने गर्छ ।

‘पहिलोपल्ट नेपालमा ट्रफी ल्याएकामा निकै उत्साहित छौं । हामीले भर्खरै निर्वाचन -संविधानसभा) सम्पन्न गर्‍यौं । अब शान्तिको आस गरेका छौं’, राष्ट्रपति यादवले भने । उनलाई फिफा प्रतिनिधिले ट्रफीको सानो प्रतिरूप उपहार दिएका थिए ।

ट्रफी दिउँसो २ देखि ७ बजेसम्म रंगशालामा प्रदर्शनीमा राखियो, जसलाई  ५ हजारभन्दा धेरैले हेरेको अखिल नेपाल फुटबल संघका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताए । नेपाली फुटवलको राष्ट्रिय टिमका कप्तान सागर थापाले ट्रफी आगमनले नयाँ पुस्तालाई उत्साह र ऊर्जा दिएको बताए  । १२ सेप्टेम्बर, २०१३ मा ब्राजिलबाट सुरु ‘ट्रफी टुर’ ९० देशको यात्रापछि २०१४ मेमा २०औं संस्करण आयोजक ब्राजिलमै पुगेर टुंगिनेछ । विशेष सुरक्षा दिइएको ट्रफी सोल्टी होटलको स्विटमा एक रात राखेपछि आइतबार कोलकाता लगिनेछ । इटालियन डिजाइनर सिल्भियो गाजानिगाले निर्माण गरेको ट्रफीको यात्रा फिफाकै विशेष जेटमार्फत भइरहेको छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *