मोफसलका मिडियाको विकास नभए सम्म पत्रकारिताको विकास हुँदैन : अध्यक्ष आचार्य

पाल्पा, पुस १८/नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पाल्पाबाट प्रकाशित दैनिक पत्रिका नवजनचेतना दैनिकको अवलोकन गरेका छन् ।
बुधबार पत्रकार महासंघ पाल्पाको साधारण सभामा सहभागी हुन रामपुर जान लागेका आचार्यले दैनिकको अवलोकन गरेका हुन् । अवलोकन क्रममा दैनिकका सम्पादक जगदीश भट्टराई सँगकुरा गर्दै अध्यक्ष आचार्यले मोफसलका मिडियाहरुको विकास नभए सम्म नेपालमा पत्रकारिताको विकास नहुने बताएका छन् ।

नवजनचेतना दैनिकको कार्यालय अवलोकन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य साथमा दैनिका उपसम्पादक रामचन्द्र रायमाझी ।

उनले नेपालको हरेक आन्दोलनमा स्थानीय सञ्चार माध्यमका कारण नेपालमा परिवर्तन सम्भव भएको भन्दै स्थानीय सञ्चार माध्यम बलियो भए मात्रा स्थानीय सरकारदेखि केन्द्रिय सरकार बलियोे हुनेमा जोड दिए । अध्यक्ष आचार्यले स्थानीय मिडियाको संरक्षण र संवद्र्धन गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने भएकाले स्थानीय सञ्चार माध्यमसँग सहकार्य गरेर जानुपर्ने बताए । उनले मिडियाले समाजलाई निष्पक्ष समाचारका माध्यमबाट समाज, देश र नागरिक सबैलाई जवाफदेही बनाउनुपर्ने धारणा व्यक्त गरे ।

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *