मृत्युको कारण अझै खुलेन : पोष्टमार्टमको रिपोर्ट आज आउन सक्ने

बुटवल : पाल्पाको सिद्धबाबा नजिकै तीन दिन अगाडि फेला परेको एक किशोरीले आत्म हत्या वा हत्या गरेको भन्ने विषयमा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा २ निवासी ईमानसिंह टण्डन र उसा टण्डनकी २० वर्षीय छोरी जिमिस्टी टण्डनको यहि फागुनको ४ गते दिउँसो संकास्पद अवस्थामा पाल्पाको दोभान गाविस वडा ५ मा पर्ने तिनाउ नदिमा शव फेला परेको थियो ।
दुई दिन अगाडि २ गते राती ११ बजेसम्म परिवारसंगै रहेकी जिमिस्टी बिहान ५ बजे कोठामा हेर्दा थिइनन् । उनका बाबु आमा छोरी खोजी गर्न थाले । कही कतै फेला नगरेपछि ईलाका प्रहरी कार्यालयमा खोजी गरिदिन अनुरोध गरे । प्रहरीले खोजी गर्दै गर्दा ४ गते दिउँसो साढे तीन बजेको समयमा प्रहरीले शंकासपद अवस्थामा उनको शव फेला पारेको थियो ।
यद्यपी परिवारले पोष्टमार्टमको रिपोर्ट दिएपछि दाहसंस्कार गरेका छन् । लुम्बिनी अञ्चल अस्पतालले शिक्षण अस्पताल काठमाडौंमा रिफर गरेपछि पाल्पाको प्रहरी टोलीले शव पोष्टमार्टमको लागि काठमाडौं लगेको थियो । शिक्षण अस्पतालमा पोष्टमार्टमको लागि रिपोर्ट दिएपछि अस्पतालको सल्लाहमा बिहीबार नै दाह संस्कार गरिएको र शुक्रबार सम्ममा रिपोर्ट आउन सक्ने प्रहरीले जनाएको छ ।
बुटवलको सिसिटि कलेजमा बि–फार्मा पहिलो वर्षमा अध्ययनरत जिमिस्टी किन र केकालागि परिवारलाई खबर नगरी राती घरबाट बाहिर निस्किन यो नै अध्ययनको विषय भएको प्रहरी बताउँछ । अहिले प्रहरीले उनले कसकसलाई फोन गरिन, कसकसको फोन आयो त्यो फोनको आधारमा कल डिटेल लिने र संकास्पद व्यक्तिहरुलाई सोधपुछ गरिरहेको छ ।
त्यसैका आधारमा तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका काठमाडौंका सन्दिप बस्नेत सहित ३ जनामाथि छानविन गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक रमेशराज भेटवालले बताए । जिमिस्टीको शव शंकास्पद भएकै कारण लुम्बिनी अञ्चल अस्पतालले पोस्टमार्टम गर्न नमानेको र बिहीबार मात्रै पोष्टमार्टमको लागि शवलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनको शवको बाँया हात, गर्दन भाँचिएको छ भने पछाडीको भाग पनि लछार पछार भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटना पाल्पामा भएको र उनी रुपन्देहीकी भएका कारण घटनाको अनुसन्धानका लागि पाल्पाबाट प्रहरीको टोली बुटवलमा आएको छ भने ईलाका प्रहरी कार्यालय बुटवलले सो टोलीलाई सघाएको छ ।

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *