मुसिकोटमा बजार अनुगमन,सार्वजनिक क्षेत्रमा सामाग्री राख्न रोक

कौरव खत्री
गुल्मी, मंसिर २५/
जिल्लाको मुसिकोट नगरपालिकाले बजार अनुगमन थालेको छ । नगरपालिकाले बनाएको बजार अनुगमन निर्देशिका अनुसार बजारमा भइरहेको गतिविधि बुझ्ने र उपभोक्ता हित विपरित काम भइरहेको भए तत्काल सुधार गर्ने उद्देश्य अनुसार बजार अनुगमन थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए । नगरपालिकाकाले आइतबार र सोमबार गरी दुई दिनको अवधिमा ३० वटा पसलमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा बिक्रीका लागि राखिएका अधिकांस सामानहरुको म्याद सकिन लागेको, होटलहरुमा घरेलु मदिरा बिक्रि भइरहेको पाइएको अनुगमन टोलीले जनाएको छ । अवैध घरेलु मदिरा भने प्रहरीले नष्ट गरेको छ । नगरपालिकाका अधिकृत भण्डारी र पत्रकार कर्मचारी, सुरक्षाकर्मी सहितको टोलीले वामीटक्सार बजारका विभिन्न पसलहरुमा अनुगमन गरेको हो । अनुगमनको क्रममा सामानहरुको गुणस्तरीयता, पसल सञ्चालन गर्न अनुमति प्राप्त भएको वा नभएको, नगरपालिकामा दर्ता भएको नभएको लगायता विविध पक्षको जाँचबुझ गरिएको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले जानकारी दिए । सुरुवाती चरणमा मापदण्ड विपरितका पसलहरुलाई सुझाव तथा निर्देशन दिने र सुधार नभए कारवाही गरिने अधिकृत भण्डारीले बताए ।
बजारमा निजि सम्पती नराख्न आग्रह

यसैबीच वामीटक्सार बजार क्षेत्रमा रहेको सार्वजनिक जग्गामा व्यापारिक प्रयोजनका सामग्रीहरु राख्ने क्रमले बजार क्षेत्र नै अस्तव्यस्ता बनेको छ । विशेष गरी सडक क्षेत्रमा राखिने ग्यास सिलिन्डर, ड्रम लगायतले यातायातका साधन सञ्चालनमा कठिनाइ हुनुको साथै बजारमा हिडडुल गर्ने यात्रुहरुलाई पनि समस्या भइरहेको स्थानीय सरोकारवालाहरुले बताएका छन् । त्यसैगरी सार्वजनिक क्षेत्रमा गिटी बालुवा राख्ने काम पनि हुने गरेकोले अव्यवस्थित रुपमा सार्वजनिक क्षेत्रमा सामग्रीहरु राखिदा बजारको सौन्दर्यतामा हानी पुग्नुको साथै दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले यस तर्फ ध्यान दिनुपर्ने सरोकारवालाहरुको भनाई छ । मुसिकोट नगरपालिकाले बजार अनुगमन निर्देशिका निर्माण गरी कार्यान्वयनमा पनि ल्याइसकेको छ । ‘हामीले बजार अनुगमन निर्देशिका बनाएका छौ’ प्रमुख प्रशासकिय अधिकृत भण्डारीले भने ‘सार्वजनिक स्थलमा निजि सम्पती राख्न पाइदैन, यदि कसैले यस्तो गरेको छ भने कारवाही हुन्छ’ । उनले पटक पटक सामान हटाउन आग्रह गर्दा पनि नटेरेमा जरिवाना सहित अन्य कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए ।

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *