माथागढीमा निःशुल्क आँखा शिविर

पाल्पा, माघ २८/लायन्स क्लव अफ श्रीनगर, रानीमहल र तानसेन सिटीको सयुक्त आयोजना र पाल्पा सिमेन्टको सहआयोजना र पाल्पा लायन्स लाकौल आँखा अस्पतालको प्राविधक सहयोगमा एक दिने निःशुल्क आँखा शिविर माथागढी गाउँपालिका ७ रहवासमा भएको छ ।
शिविरमा ९४ जनाको आँखाको जाँच गरिएको ५ जनाको मोतीविन्दु रोग फेला परेको र  पाल्पा आँखा अस्पतालमा रेफर गरिएको छ । कार्यक्रममा प्रमुख अथिति गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले पहिला आफूहरुलाई आफ्नो रोग थाहा नहुने र जाँच गरेपछि रोक पत्ता लाग्ने भएकोले यो शिविरले गाउँलेवासीहरुको रोगको उपचारमा सहयोग पुगेको बताए ।
थापाले यस्तो विकट गाउँमा निःशुल्क शिविरको आयोजना गरेको धन्यवाद समेत व्यक्त गरे । कार्यक्रममा लायन्स क्लवका डिक्ट्रिक चिफ राजेन्द्र लिगल, रिजन चियरपर्सन खेमबहादुर सारु लगायतले हामी सेवा गछौं भन्ने मूल नाराका साथ स्थापना भएको लायन्स क्लव विश्वकै ठूलो संस्था भएको र जनतालाई प्रत्यक्ष रुपमा सहयोग पुग्ने खालका कार्यक्रम गदै आएको र आफ्नै क्लवका सदस्यहरुको सदस्य शुल्कबाट नै सामाजिक क्षेत्रमा खर्च गर्दै आएको बताए । कार्यक्रममा श्रीनगर क्लवका अध्यक्ष झमनबहादुर राजमगरको अध्यक्षता, उपाध्यक्ष यादवसिं कार्कीको स्वागत र सचिव अशेष भट्टराईको सञ्चालन रहेको थियो ।

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares