माथागढीको कसेनीमा प्रसुती गृहको उद्घाटन

पाल्पा (माथागढी), जेठ ४/माथागढी गाउँपालिका ३ कसेनीमा प्रसुती गृह (बथिङ्ग सेन्टर)को उद्घाटन गरिएको छ । माथागढी गाउँपालिका र परिवार नियोजन संघ पाल्पाको संयुक्त लगानीमा प्रसुती गृहको उद्घाटन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा परिवार नियोजन संघका केन्द्रिय अध्यक्ष हिमाललाल कसजुले एक कार्यक्रमका बीच प्रसुती गृहको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै अध्यक्ष कसजुले सेवा उद्घाटन हुनु मात्र ठूलो कुरा नभई यसको प्रभावकारी उपयोग गर्नु महत्वपूर्ण रहेको बताए । उनले आगामी दिनहरुमा पनि गाउँपालिकासँग समन्वय गरेर जाने धारणा व्यक्त गरे । संघका महानिर्देशक कृष्णप्रसाद विष्टले घरमै आएको सेवालाई सबैले उपभोग गरी स्वस्थ जीवन जिउन स्थानीयलाई आग्रह गरे । गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले शून्य होमडेलीभरी गाउँपालिका बनाउने योजना अनुसार गाउँपालिका अगाडि बढेको बताए ।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष सुदिपप्रसाद श्रेष्ठ, वडा अध्यक्ष दिपक थापा, संघ पाल्पाका प्रवन्धक शोभाकान्त न्यौपाने, कार्यपालिका सदस्य तारा रसाईली नेपाली काँग्रेसका वडा प्रतिनिधि टीकाराम राना, समाजसेवी राजन बलाल, शिक्षक दामोदर अधिकारी लगायतले आ–आफ्ना धारणा राखेका थिए । गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरको अध्यक्षता, कसेनी स्वास्थ्य चौकीका अहेव गोविन्द भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रस्तुती गृहमा २४ सै घण्टा सेवा उपलब्ध हुने गाउँपालिकाले जनाएको छ । योसँगै गाउँपालिकामा तीन वटा बथिङ्ग सेन्टरको उद्घाटन गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *