माघे संक्रान्ती मेलाको तयारी तिब्र

जनार्दन घिमिरे
गुल्मी : तीन जिल्लाको संगमस्थल एवं ऐतिहासिक क्षेत्र धाम रुरु क्षेत्रस्थित रिडीमा यस वर्षको मागे संक्रान्ती मेला विविध कार्यक्रमको आयोजना गरी सम्पन्न हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि रुरु फ्रेण्ड क्लवको आयोजना र रुरु स्थित आधा दर्जन भन्दा बढी संघ सस्थाको संयोजनमा माघ १ गतेदेखि ५ गतेसम्म विविध कार्यक्रमको आयोजना गरिएको रुरु फ्रेण्ड क्लवका अध्यक्ष रामलाल विश्वकर्माले जानकारी दिएका छन् ।
विगतका वर्षहरुमाभन्दा यस वर्ष कार्यक्रम अझ प्रभावकारी र केही कार्यक्रमहरु समेत थप गरिएको अध्यक्ष विश्वकर्माले बताए । गुल्मी, पाल्पा र स्या·जाको संगमस्थल रिडीमा यसवर्ष पनि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । यशोदादेवी लम्सालको मुखार बृन्दबाट सप्ताह महायज्ञ श्रीमद् भागवत महापुराण तथा प्रवचन हुने बताइएको छ । महायज्ञमा प्रत्येक दिन श्रीमद् भागवत महापुराण वाचन, रुद्रिपाठ, चण्डीपाठ तथा विभिन्न भक्ति संगित प्रस्तुत गरिने बताइएको छ । ऐतिहासिक क्षेत्र रुरु गाविसको रिडीमा यस वर्ष हुने वृहत सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, पशुपती शर्मा, खुमन अधिकारी, थानेश्वर गौतम, टीका पुन, सम्झना लामिछाने, शिरिष देवकोटा, रमेशराज भट्टराई, कमल खत्री, लक्ष्मण खड्का, वैकुण्ठ महत, अर्जुन कौशल, दुर्गा घायल, पवन परियार, नन्दु परियार, सुन्दर भण्डारी, भीम नेपाली लगायत दुई दर्जनभन्दा बढी राष्ट्रिय कलाकारहरुसँगै स्थानीय कलाकारहरुको पनि सहभागिता हुने भएको सांस्कृतिका कार्यक्रम संयोजक शुसिल श्रेष्ठले बताए । मेलामा हाँस्यकलाकार श्रीप्रसाद थापा लाहुरे दाई, राजाराजेन्द्र पोखरेल, हर्के हल्दार, रवि डङ्गोल बेइमान, पुर्खे बाँ लगायतको रमाइलो प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । मेलामा राष्ट्रिय स्तरका डान्सरहरुसंगै सारा कला केन्द्र र रुरु कला केन्द्रको चर्चित डान्सरको टोलीको पनि सहभागिता रहने बताइएको छ । सांस्कृतिक कार्यक्रम बाहेक मतकाकुवा, वाल उड्यन, पि·, कालिगण्डकीमा र्यापटीं·, कृषि मेला प्रर्दशनी, स्थानीय तीन जिल्लाका विभिन्न संस्कृति झल्कने नाँच गाँन तथा स्थानीय भेषभुषा झल्कने नृत्यसँगै विभिन्न जातिले तयार पारेका परिकारहरु पनि मेलामा राखिने मेला आयोजकले जानकारी दिएका छन् । गुल्मीको ऐतिहासिक क्षेत्र रिडीमा माघे संक्रान्तीसँगै एकादशी, साउने संक्रान्ती, असारे एकादशी, भदौरे कृष्ण अष्ठमी, कार्तिके ठूला एकादशी लगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पूजाआजा गर्ने प्रचलन छ ।
गुल्मी, पाल्पा र स्या·जाको संगम स्थल रिडी नेपालकै चारधाम मध्येको एक धाम मानिन्छ । यस क्षेत्रमा प्राचिन समयमा देवदत्त ऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । सोही धार्मिक मान्यता अनुसार यस पवित्र धाम रिडीमा नुहाउने तथा पूजाआजा गर्नाले पितृ ऋण, देव ऋण तथा ऋषि ऋण पूरा हुने धार्मिक प्रचलन छ । यही धार्मिक प्रचलन र मान्यता अनुरुप यस क्षेत्रमा माघे संक्रान्ती तथा विभिन्न समयमा हुने मेलाहरुमा नुहाउने तथा पूजाआजा गर्ने भत्तजनाको घुइचो लाग्ने गर्दछन् । रुरु क्षेत्रको ऋषिकेश मन्दिरमा नेपालकै सबैभन्दा ठूलो भगवानको मुर्तीपनि रहेको छ ।

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *