महोत्सवको जानकारी गराउन पत्रकार सम्मेलन

इमानसिं राना
पाल्पा (रामपुर) पुस १८/
रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाले महोत्सवको तयारीका विषयमा जानकारी गराएको छ । संघले बुधबार रामपुरको मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेको तालपोखरामा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराएको हो । जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा पौष २७ गते देखि माघ ८ गते सम्म दोस्रो रामपुर महोत्सव तथा व्यापार मेला हुन लागेको छ । मेलाको बारेमा जानकारी दिदै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले रामपुर सहित कालिगण्डकी उपत्यकाको प्रचार प्रसार संगै कृषि, उद्योगको प्रवद्र्धन, कला संस्कृति, ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण गरी पहिचान कायम राख्नु, रामपुर उद्योग वाणिज्य संघको संस्थागत दिगोपन संगै भवन निर्माणको लागि सहयोग जुटाउनु र सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न मेलाको आयोजना गरिएको बताए । ‘आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार’ भन्ने नाराका साथ १२ दिन सम्म सञ्चालन हुने मेलामा रामपुर नगरपालिका संरक्षकको रुपमा रहेको छ । महोत्सवमा घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, कृषि उपजहरु विक्री सहित प्रदर्शनमा राखिने छ । मेलामा स्थानीय उत्पादन, प्रतिष्ठित उद्योगबाट उत्पादित स्तरिय वस्तु सहितको ३ सय १० भन्दा बढी स्थलहरु रहने संघका अध्यक्ष ढकालल जानकारी दिए । सम्मेलनमा पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले आफ्नो भनाई राखेका थिए । सम्मेलनको सञ्चालन रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर केसीले गरेका हुन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *