महेन्द्र बोधीले मनायो ५६ औं वार्षिकोत्सव

पाल्पा, महेन्द्र बोधी मावि तानसेनले ५६ औं वार्षिकोत्सव सप्ताहाव्यापी कार्यक्रमको आयोजना गरी मनाएको छ । विद्यालयले विद्यार्थीहरु बिच आन्तरिक तथा बाÞय खेलकुद, बौद्धिक प्रतियोगिता प्रभात फेरी, सभा, पुरस्कार तथा छात्रवृत्ति वितरण गरी वार्षिकोत्सव मनाएको हो ।

समापन कार्यक्रममका प्रमुख अतिथि तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले जिल्लाका कतिपय सामुदायिक विद्यालयहरुले शैक्षिक गुणस्तर बढाउँदै निजी विद्यालयहरुसँग प्रतिस्पर्धा गरेको बताएका छन् । प्रमुख शाहीले सरकारले सामुदायिक विद्यालयहरुमा ठूलो लगानी गरेकाले सामुदायिक विद्यालयहरु निजी विद्यालयसँग प्रतिस्पर्धा नभई निजी विद्यालयहरु सामुदायिक विद्यालयसँग प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले बालबालिकाकाहरुको भविष्य बनाउन शिक्षकको मात्र नभई अभिभावको समेत महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मोतिलाल पौडेलले समयको माग अनुसार विद्यालयहरुले आधुनिक प्रविधिको प्रयोग गरेर बाल बालिकाहरुलाई अध्यापन गराउनुपर्नेमा शिक्षकहरुलाई आग्रह गरे । अझै पनि कतिपय विद्यालयका शिक्षकहरुले पुरानै शिक्षा प्रणालीलाई आंगालेको भन्दै प्रमुख पौडेलले अब विद्यार्थीहरुलाई ल्यापटप, स्मार्टवोर्ड, प्रोजेक्टर र इन्टरनेटको प्रयोगबाट शिक्षण सिकाई गर्न नसके शिक्षक असक्षम ठहरिने बताए । समारोहमा विद्यालयका प्रधानध्यापक युवराज पन्तले विद्यालय भौतिक र आर्थिक रुपमा सक्षम रहेको र शैक्षिक गुणस्तर वृद्धि गर्न प्रविधिको प्रयोग गरी अध्ययन अध्यापन गरिदै आएको जानकारी गराए । प्रअ पन्तले ९९ लाखको बजेट प्रस्तुत गर्दै विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म २ सय ८० जना विद्यार्थीहरु अध्ययनरत रहेको बताए । कार्यक्रममा विभिन्न दाताहरुद्वारा स्थापित अक्षयकोषबाट एक सयभन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चकोरमान शाक्य, पूर्व सदस्य गोपालप्रसाद श्रेष्ठ, पप माविका पूर्व प्रअ गोविन्द नेपाल लगायतले विद्यालयको उन्नति र प्रगतिको शुभकामना व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज शर्माको अध्यक्षता शिक्षकहरु सरिता केसीको स्वागत, केशव केसीको धन्यवादबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक भरत शर्माले गरेका थिए ।

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares