महिलाले मागे गृहमन्त्रीको राजीनामा

बुटवल/पाल्पा, माघ २६/नेपाली कांग्रेसनिकट नेपाल महिला संघले शनिबार देशका विभिन्न जिल्लामा सरकारको कार्यशैलीको विरोधमा प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ ।
यसैबीच पाल्पामा पनि विरोध प्रर्दशन भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षा, महिला तथा बालबालिका हिंसाका घटनामा चासो नदेखाएको भन्दै संघले सडकबाटै राजीनामा माग गरेको हो । महिला तथा बालबालिका हिंसाबारे गम्भीर नभएको जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराउँदै विरोध प्रदर्शन गरेको नेपाल महिला संघ रुपन्देहीकी सभापति गंगा शाहीले जानकारी दिइन् ।

महिला संघ पाल्पाकी अध्यक्ष गंगा पौडेलको नेतृत्वमा तानसेनको आन्दोलनचोकदेखि विशालबजार सम्म विरोध प्रर्दशन गर्दै कोणसभा भएको थियो । सभामा नेतृहरु सुनिता अधिकारी, रमापन्त, पार्टी सचिव झपेन्द्र गहिरेले सम्वोधन गरे । बुटवलमा राजमार्ग चौराहाबाट शुरु भएको विरोध प्रदर्शन ट्राफिक चोकमा पुगेको थियो । प्रदर्शनपछि बुटवलमा आयोजित विरोध सभामा बोल्ने नेताहरुले भ्रष्टाचारै भ्रष्टाचारले उम्लिएर एक वर्ष भित्रै कम्युनिष्ट सरकार सिद्धिने दावी गरे ।

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *