महायज्ञबाट ७५ लाख बढी दान संकलन

इमानसिं राना

पाल्पा (रामपुर), जेठ १/ जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला १ सिलुवा पाल्पामा श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञबाट ७५ लाख बढी दान संकलन भएको छ ।
विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन, भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर वृद्धिका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यका साथ भएको यज्ञमा ७५ बढी रकम संकलन भएको हो । साथै यज्ञमा पूर्वखोला गाउँपालिका १ सिलुवाबाट ११ लाख ११ हजार १ सय ११ रुपैयाँ, पूर्वखोला गाउँपालिकाबाट ३ वर्षे कार्ययोजना सहितको ३० लाख र प्रदेश नं. ५ बाट भवन निर्माणका लागि ७० लाख रुपैयाँ बराबरको अनुदानको प्रतिवद्धता आएको विद्यालयका प्रधानाध्यापक श्यामबहादुर दिशाले जानकारी दिए । यज्ञ सम्पन्न गर्न सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरमान आलेले यज्ञबाट संकलन भएको दान रकम र प्रतिवद्धताले विद्यालयको पूर्वाधार निर्माण, प्राविधिक शिक्षा सञ्चालन तथा स्तरीय शिक्षा प्रदानमा सहज हुने बताए । गत वैशाख २३ देखि मंगलबारसम्म सञ्चालन भएको श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान माहायज्ञको विधिवत रुपमा समापन गर्दै प्रदेश नं. ५ का
प्रदेशसभा सदस्य युवराज खनालले शैक्षिकस्तर वृद्धिको लागि स्थानीय सरोकारवालाहरुले देखाएको सक्रियताको प्रशंसा गरे । उनले विद्यालयको आवश्यकता पूरा गर्न आफ्नो तर्फबाट लागिपर्ने बताए ।

पूर्वखोला १ का वडा अध्यक्ष भोगबहादुर थापाले शुभेच्छुकहरुको साथले प्राविधिक शिक्षा सञ्चालनको आवश्यकता पूरा हुन लागेको बताए । ९ दिनसम्म सञ्चालन भएको यज्ञमा २ जनाले तुला दान, ग्रह शान्ति र चौरासी पुजा १/१ जनाले गरेका थिए । साथै यज्ञ अवधिभर सबैभन्दा धेरै दान पूर्वखोला १ सिलुवा घर भई हाल काठमाडौं बस्दै आएका लक्ष्मण ढकालले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्रदान गरेका थिए । दान दाताहरुलाई सम्मान समेत गरिएको थियो । यज्ञमा बालब्यास पण्डित नारायण न्यौपानेबाट संगीतमय शैलीमा कथा वाचन भएको थियो । यज्ञ समापन कार्यक्रम मूल आयोजक समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरमान आलेको अध्यक्षता, प्रधानाध्यापक श्यामबहादुर दिशाको धन्यवाद र शिक्षक ईश्वर आचार्यको सञ्चालनमा भएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *