मन्त्री अर्यालद्वारा रामपुरमा मालपोत र नापी कार्यालयको उद्घाटन, सुशासन कायम गर्न अनलाईन सेवा सुरु

इमान सिं राना
पाल्पा(रामपुर),बैशाख २/
भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्याललेजिल्लाको रामपुरमा नवनिर्मित मालपोत तथा नापी कार्यालयको भवन उद्घाटन सँगै अनलाईन सेवा शुभराम्भ गरेकी छन् । सोमबार एक कार्यक्रमका बीच मन्त्री अर्यालले भवन सँगै अनलाईन सेवाको उद्घाटन गरेकी हुन् । उद्घाटन गर्र्दै मन्त्री अर्यालले देश भरका मालपोत र नापी कार्यालयहरुमा सुशासन कायम गर्न अनलाईन सेवा सुरु गर्न गैरहेको जानकारी दिइन् । उनले भनिन्, ‘मालपोत र नापीमा सुशासनको कुरा धेरै उठिरहँदा हामीले प्रयत्न धेरै ग¥यौं, तर त्यसबाट हामीले अपेक्षा गरेको सुशासन प्राप्त गर्न सकेनौ । सुशासनको निम्ती एउटा माध्यम भनेको प्रविधिको प्रयोग नै हो, प्रविधिको प्रयोगबाट मात्रै सुशासन काय गर्न सकिन्छ भन्ने ठम्याईका साथ अबको एक वर्षमा देशै भरका मालपोत र नापी कार्यालयमा नमुना सेवा प्रवाह गछौं ।’ सबै कार्यालयमा आउने डेढ वर्षमा एउटा सफ्टवयेर निर्माण गरी स्थानीय तहलाई हस्तान्तण गरी सुशासन कायम गर्ने गतिकासाथ लागेको उनले बताईन् । ‘सरकारले प्रत्यक्ष जनतासँग जोडिएका सेवालाई प्रविधि मैत्री बनाउनु पर्छ । प्रविधि मैत्री सेवाले मात्र जनतालाई खुशी बनाउन सकिन्छ’ उनले भनिन् । मन्त्री अर्यालले सुकुम्बासी तथा अव्यवस्थित जग्गा समस्या समाधानका लागि विद्येयक संसद्मा पेश भएको बताउँदै पारित भएसंगै देशभरका सुकुम्बासी तथा अव्यवस्थित जग्गा समस्या समाधान हुने बताईन् ।

कार्यक्रममा प्रदेश पाँचका प्रदेश सभा सदस्य युवराज खनालले आफ्नै कार्यालय स्थापनासंगै सेवा प्रवाहमा थप सहज हुने बताए । त्यस्तै अर्को प्रदेश सदस्य नारायण आचार्यले रामपुर क्षेत्रका अव्यस्थित घडेरी लालपूर्जा वितरणका लागि तयारीको अवस्थामा रहेको र जिल्लाका अन्य स्थानका जग्गा व्यवस्थापनको लागि पहल गरिदिन आग्रह गरे । जिल्ला समन्वय समितिका सभापति दयाराज बस्यालले राज्यको पुर्न संरचना पछि जनतालाई छिटो सेवा दिने कार्यको थालनी भैरहेको अवस्थामा अनलाईन सेवा थप प्रभावकारी हुने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगर क्षेत्रका ८ सय ५६ भन्दा बढी अव्यवस्थित घडेरीलाई लालपुर्जा वितरण गर्ने सरकारको निर्णयले नगरबासीमा खुशी छाएको बताए । उनले नगरपालिका क्षेत्रमा कित्ताकाटमा समस्या भएको जानकारी गराए । कार्यक्रममा भूमी व्यवस्था तथा महालेखा निर्देशनालयका महालेखा निरिक्षक गोकर्णमणी दुवाडीले देशै भरका ५५ स्थानमा अनलाईन सेवा शुभारम्भ गरिएको बताए । २०७२ सालमा स्थापना भई भाडाको घरबाट सञ्चालन हुँदै आएको मालपोत र नापी कार्यालयले यस संगै आफ्नै भवन बाट सेवा प्रारम्भ गरेको छ । मालपोत कार्यालय रामपुरका प्रमुख धनश्याम अर्यालका अनुसार भवन निर्माणकार्य रविना कन्ट्रक्सन स्वयम्भूले भ्याट तथा कन्टेनजेंसी बाहेक चार करोड ७७ लाख ४७ हजार ३ सय ३३ रुपैयाँ २० पैसामा बराबरको सम्झौता सम्पन्न गरेको हो । अनलाईन सेवाको रामपुर ५ का कृष्ण थापालाई सेवा प्रदान पछि लालपुर्जा प्रदान गरेर शुभारम्भ गरिएको थियो । मालपोत कार्यालय रामपुरका प्रमुख धनश्याम अर्यालको अध्यक्षता, नापी कार्यालयका निमित्त प्रमुख रविन भट्टराईको स्वागत मालपोत कार्यालयका नायव सुब्बा देवेन्द्र प्रसाद पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *