मनकारी नेपालीले गरे मृतक परिवारलाई आर्थिक सहयोग

रामचन्द्र रायमाझी
गुल्मी,जेठ १५/
समाजमा कसैलाई दुःख पर्दा सहारा बनेर सहयोग गर्नु नै मानवता हो । तर पछिल्लो समय नेपाली समाजमा मानवता र नैतिकता नै हराई सकेको छ । समाजमा कसैलाई दुःख पर्दा सहयोग गर्नुको सट्टा उल्टै अपमान गर्ने र सहनु पर्ने बाध्यता हाम्रो समाजमा बढ्दै गएका बेला रोजगारको शिलशिलामा विदेशीएका केही नेपाली दाजुभाईहरुले भने मानवताको भावनालाई समाजमा मुखरीत गरेका छन् । उनीहरुले विदेशमा संगठीत भई नेपालमा दुःख पाईरहेका नेपालीहरुको दुःखमा मलम लगाउने काम गरेका हुन् । नेपालीहरु संगठीत रहेको संस्था गुल्मी सेवा समाज ओमानले केही महिना अघि कामको शिलशिलामा ओमानमा मृत्यु भएका नीरबहादुर रायमाझीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

परिवारको सपना पूरा गर्न विगत आठ वर्षदेखि रोजगारीका लागि ओमान पुगेका ईस्मा गाउँपालिका २ रातडाँडा गुल्मीका रायमाझीको गत फागुन २९ गते असमायिक निधन भएको थियो । रायमाझीको पारिवारीक अवस्था अत्यन्तै कमजोर भएकाले रोजगारका लागि ओमानमा रहेका नेपाली दाजुभाईहरुले संकलन गरेको एक लाख २१ हजार ३ सय समाजले नेपाल पठाएको हो । उक्त रकम मृतक रायमाझीको श्रीमती मनिषा रायमाझीलाई हस्तान्तरण गरिएको छ । उनका एक श्रीमति र दुई छोराहरु रहेका छन् ।

रायमाझी ओमानको राजधानी मस्कट स्थित दार्साइटमा रहेको अलाफी रेस्टुरेन्टमा काम गर्दै आएका थिए । उनको परिवार आर्थिक रुपमा असक्त रहेकाले छोराहरुको पढाई खर्चका लागि भए पनि केही राहत मिल्लोस् भनेर आर्थिक सहयोग गरिएको समाजका अध्यक्ष दुर्गाप्रसाद ढकालले बताए । समाजमा आवद्ध ओमानमा रहेका सम्पूर्ण पेगाली दाजुभाई दिदिबहिनीहरुको संयुक्त प्रयासबाट रकम संकलन गरिएको समाजले जनाएको छ । संकलन भएको रकम समाजका बरिष्ठ उपाध्यक्ष सूर्य पन्थीले मृतकको घरसम्म पु¥याउन सहयोग गरेका हुन् ।

संकलित रकम समाजको २५ औं मासिक बैठकमा नै संस्थापक अध्यक्ष घनश्याम भण्डारीको पहलमा नेपाल पठाइएको हो । सहयोग रकम पाएपछि मृतककी श्रीमती मनिषाले समाजले देखाएको मानविय सद्भावको प्रसंशा गर्दै सहयोग गरेकोमा धन्यवाद दिईन् । मृतक रायमाझी परिवारका जेठा छोरा हुन् । उनको मृत्यु हुनु पूर्व उनका बुबाको मृत्यु भएको एक महिना पनि वितेको थिएन । उनको र बुबाको मृत्युले परिवारमा ठूलो ब्रजपात परेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *