मणिमुकुन्द सेन पालाको ऐतिहासिक फागु जात्रा पाल्पामा

कृष्ण पोखरेल

पाल्पा, फागुन १८/पहाडी क्षेत्रमा बिहीबार नै होली मनाईएपनि पाल्पाको भैरवस्थानमा शुक्रबार ऐतिहासिक फागु जात्रा निकालिएको छ । पाल्पाली राजा मणिमुकुन्द सेन प्रथमबाट शुरु भएको ऐतिहासिक फागुमा विभिन्न किसिमका भजन कृर्तन गर्दै भैरव मन्दिर पुगी बिसर्जन भएको छ । घर–घर, चोक–चोक, टोल–टोलमा जम्मा भई बालबालिकादेखि वृद्धसम्म सामूहिक रुपमा फागु खेली भैरव मन्दिरमा पुयाई बिसर्जन गरेका हुन् ।

पाल्पाको हार्थाेकदेखि भैरवस्थान मन्दिरसम्म ऐतिहासिक फागु जाात्रा हेर्न मानिसको भिडभाड लागेको थियो । फागु जात्रामा पुस्ता हस्तान्तरणको लागि बालबालिकाहरुले छुट्टै समूह बनाई अभ्यास गरेको दृश्य देखिन्थ्यो भने बुढापाका र युवाहरुले भने सामूहिक रुपमा फागु जात्रा निकालेका छन् । फागु जात्रामा रामायण, कृष्ण चरित्र, पाल्पाको ऐतिहासिकता, भैरव मन्दिर, मणिमुकुन्द सेनको चरित्रदेखि केही ङ्गारिक रसको प्रयोग गरी गीत भजन तथा चुट्का गाउँदै ढोलक, ट्याम्पो लगायतका बाजा बजाउँदै फागु पर्व मनाईएको छ ।

परम्परागत कला संस्कृतिलाई जर्गेना गरेकोमा भैरव मन्दिर व्यवथापन समितिले जात्रामा सहभागी १२ वटा टिमलाई प्रोत्साहन स्वरुप नगद पाँच पाँच हजार रुपैयाँ दिएको छ । फागु जात्रामा महिलाहरु भने दर्शको रुपमा मात्र सहभागी भएका थिए । फागु जात्रा पाल्पाको परम्परागत ऐतिहासिक जात्रा भएकोले संस्कृतिलाई जिवन्त राख्नको लागि भैरव मन्दिर व्यवस्थापन समितिले सहजीकरण गरेको समितिका अध्यक्ष तुलबहादुर अधिकारीले बताए ।

  • 51
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *