मगर पत्रकार संघको अध्यक्षमा मनोज निर्वाचित

पाल्पा : मगर आमसञ्चार कर्मी समाजको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा भएको हो । सम्मेलनले मनोज घर्ती (काठमाण्डौं) को अध्यक्षतामा २९ सदस्सीय नयाँ कार्यसमितिको चयन गरेको छ ।
२० बढी जिल्लाका सय प्रतिनिधि सहभागी सम्मेलनले मानबहादुर घर्ती (एमबि आथा, पोखरा) उपाध्यक्ष, दिपा आले (नेपालगञ्ज) महिला उपाध्यक्ष, देव पचभैंया (पाल्पा) महासचिव, रुद्र श्रीस मगर (पोखरा) उपमहासचिवमा निर्वाचित गरेको छ । यसैगरी सचिवमा मनोज घर्ती (पोखरा), मिलन गाहा (रुपन्देही) र रुपनी घर्ती (बाके) निर्वाचित भएका छन्, भने कोषाध्यक्षमा तिलक गुर्मछान (काठमाण्डौ) निर्वाचित भएका छन् ।
सम्मेलनले नौं पदाधिकारी, ७ प्रदेशबाट प्रदेश संयोजक, खुल्ला पाँच, महिला चार, मनोनित तीन र अन्र्तराष्ट्रिय एक गरी २९ सदस्सीय कार्यसमितिको चयन गरेको हो । प्रदेश १ बाट केदार मगर (खोटाङ्ग) २ प्रदेशबाट निरज पिठाकोटे (पर्सा) ३ प्रदेशबाट प्रेम राना (काठमाण्डौ) ४ प्रदेशबाट प्रताप राना (तनहुँ) ५ प्रदेशबाट लोकनेश ढेंगा (रुपन्देही) ६ प्रदेशबाट सर्वजित थापा (दैलेख) र ७ प्रदेशबाट निशा थापा (कञ्चनपुर) लाई प्रदेश संयोजकमा निर्वाचित भएका छन् । खुल्ला सदस्यमा प्रेमबहादुर राम्जा (दाङ्ग) कृष्णबहादुर आले (लमजुङ्ग) विष्णुकुमार आले (अर्घाखाँची) विक्रम थापा (पाल्पा) गणेशबहादुर थापा (रामेछाप) रहेका छन् । महिलातर्फ कमला राना (नवलपरासी) पार्वती थापा (काठमाडौं) शान्ता खासु (अर्घाखाँची) र सिर्जना बाठा मगर (बर्दिया) रहेका छन् । नयाँ कार्यसमितिको पूर्ण बैठकले १ अन्तर्राष्ट्रिय सदस्य र ३ जनालाई मनोनित गर्ने उपमहासचिव रुद्र मश्राङ्गीले जानकारी दिएका थिए । मगर आमसञ्चारकर्मी समाजको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दे आपूर्ति मन्त्री गणेशमान पुनले मगर जातिको हकहितको लागि निरन्तर आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्ने बताए ।
सरकारको प्रतिनिधि र मगर जातिको सन्तानको नाताले पनि जातिय पहिचानको आन्दोलनमा आफू सबै संगको सहकार्यमा अगाडि बढिरहेको बताए । कार्यक्रममा नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष बसन्त घर्ती, उपाध्यक्ष गंगाबहादुर थापा, महासचिव नविन रोका, नेपाल आदिबासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ्ग, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मोहन सिंह लामा, पूर्व प्रहरी महानिरीक्षक कुवेरसिं राना, मगर संघ बेलायतका सल्लाहकार मेजर कृष्णबहादुर आलेले मगरी संस्कृति र हक अधिकारको लागि पत्रकारहरुको सकारात्मक भूमिका आवश्यक रहने बताए । कार्यक्रममा मगर आमसञ्चारकर्मी समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गर्न र मगर मिडिया संचालनको लागि मगर संघ बेलायतको तर्फबाट सल्लाहकार मेजर कृष्णबहादुर आलेले समाजका अध्यक्ष मनोज घर्तीलाई नेपाली चार लाख रुपैयाँ हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष बसन्त घर्तीले मगरहरुको अवस्था, मगर संघको आन्दोलन र पत्रकार देव पचभैयाले मगर मिडियाको आवश्यकताको बारेमा कार्यपत्र पेश गरेका थिए । समाजको प्रथम राष्ट्रिय सम्मेलनले मगर आमसञ्चारकर्मी समाजको नाम परिवर्तन गरी मगर पत्रकार संघ राख्ने निर्णय गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक अधिवतm गौबहादुर आले, सदस्यहरु मगर संघका सचिव माधव दर्लामी र वरिष्ठ पत्रकार उमा मगरले प्रमाण पत्र प्रदान गर्दे शुभकामना दिएका थिए । यसैबीच मगर आमसञ्चारकर्मी समाजको नव निर्वाचित अध्यक्ष मनोज घर्तीको अध्यक्षतामा बसेको पहिलो बैठकले भेला सम्पन्न गर्न सहयोग गर्ने मगर संघ बेलायत, जनजाति पत्रकार महासंघ, राज्यसत्ता डट, कम, तमु (गुरुङ्ग) संचारकर्मी संघ, द मर्गस क्रियशन प्रोडक्स आफ नेपाल लगायत सबै सहयोगीहरुलाई धन्यवाद दिएको छ ।

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *