भैरव माविमा लापरवाही, समस्या बढ्दो

भुवन रायमाझी
पाल्पा, : शैक्षिक केन्द्रको रुपमा चिनिदै आएको पश्चिम पाल्पामा अवस्थित भैरव नवदीप माध्यमिक विद्यालय छहरामा बेथितिले सीमा नाग्दा समेत विद्यालय प्रशासन मौन हुनु लज्जास्पद भएको छ । बिहान दश बजे कक्षा शुरु हुन्छ तर ११ बज्न नपाउँदै विद्यार्थी बाटोमा देखिन्छन् । शिक्षकहरु विद्यालयकै छतमा मस्त घाम तापेर गफ लाउनमा ब्यस्त हुन्छन्, थाहा हुँदैन विद्यार्थी बाटामा छन् या कक्षा छ भनेर विद्यालयमा पछिल्लो समय छाडापन बढ्ने क्रम जारी छ । विद्यालयमा लामो समयदेखि विभिन्न समस्याहरु देखिएका छन् तर आजसम्म पनि समस्या सुल्झाउनेतिर कोही कसैको नजर पुगेको छैन । विद्यालयका प्रअ होमबहादुर रायमाझीले प्रशाशन एक्लैले केही गर्न नसकिने बताउँछन् । ‘समिति छैन, कुनै निणर्य गर्न सकिएको छैन । नयाँ समिति गठन भएको छ तर पूर्णता नपाएको भन्दै शिक्षा कार्यालयमा उजिरी परेको छ, यही कारण पनि धेरै समस्या आएको रायमाझीले बताउछन् ।’ राजनीति खिचातानीले विद्यालय ग्रस्त छ । विद्यालयको ९ कक्षामा भएको सेक्सन समेत गाभेर एक सय १९ विद्यार्थी एकै ठाउँमा अटाईन–अटाई पढ्न बाध्य छन् पछाडी बस्ने विद्यार्थी शिक्षकको आवाजै नसुनेर घर आउनुपर्ने बाध्यता रहेको विद्यार्थी रेजिना पौडेल बताउँछिन् । निर्देशिका अनुसार कक्षामा शिक्षकले प्रति पिरेड ४५ मिनेट पढानुपर्छ तर शिक्षक १५ मिनेट अगाडि नै कक्षाबाट बाहिरिने र प्रत्येक दिनजसो एक–एक शिक्षक स्कूल नआउने समस्याले आफूहरु बाटो तिर डुल्ने गरेको विद्यार्र्थी बताउँछन् । विद्यालयमा एकले अर्काको विरोध मात्र गरिरहेको पाइन्छ । गठन भएको विद्यालय व्यवस्थापन समिति पनि जिल्ला शिक्षा कार्यालयमा उजुरी परेको भन्दै काम गर्न सकेको छैन । जिल्ला शिक्षा कार्यालय पनि बिना नाममा परेको उजुरीकै आधार मानेर केही निचोड दिन नसक्नुका साथै पटक–पटक विद्यालय व्यवस्थापन समितिका निणर्यहरुलाई थाती राखेर विद्यालयलाई थप समस्यातिर लान खोजेको देखिन्छ । होइन भने सो विद्यालयको सत्य तथ्य कुरा बुझेर समस्या हल गर्न जिल्ला शिक्षा कार्यालयको पनि जिम्मेवार देखिन्छ ? पुरानो विद्यालय व्यवस्थापन समितिको लापरवाहीले दुई शिक्षक ९ महिना बिना तलव कजिनु प¥यो अहिलेको समिति नाममा मात्र गठन छ तर काम केहिल्यै शुरु गर्न सकेको छैन । विद्यालय व्यवस्थापन समितिले काम गर्न नसक्दा साउनमा खोल्नुपर्ने पिसिएफ कोटामा शिक्षक नियुक्ती नै हुन सकेको छैन । यस्तै यो विद्यालयका दुई दरबन्दी पनि अन्योलमै छन् । दश बजे विद्यालय पुगेर ११ बजे नै विद्यालयबाट झोला बोकेर बाटामा पुग्ने विद्यार्थीको जिम्मा लिने निकायको हो त ? समस्या मात्र देखिने विद्यालयप्रति जिल्ला शिक्षा कार्यालय पनि बेखबर जस्तै छ ।
भैरव माविको समस्या लिएर जिल्ला शिक्षा कार्यालय पुगेर त्यहाँको समस्या बारे बुझ्दा शिक्षा कार्यालय पाल्पाका शाखा अधिकृत रेशम न्यौपानेले भने– ‘विद्यालयको पहिलो समस्या भनेको २०७२ असोज २० गते उच्च मावि अनुदान कोटा झिकेर दरबन्दी प्रदान गरेका थियौ तर हालसम्म पनि यो दरबन्दीमा शिक्षक राख्न विद्यालयले सकेको छैन यो सबै राजनीति कारण हो ।’ विद्यालयले विभिन्न समस्या झेल्दै आएको बताउँदै शिक्षा कार्यालय पटक–पटक यस विद्यालयको समस्या समाधान गर्न लागेको बताए । उनको विद्यालयमा व्यवस्थापन समिति गठन हुन नसक्दा धेरै समस्या आएको दावी छ । शिक्षा कार्यालयमा व्यवस्थापन समिति प्रक्रिया नपुगी गरिएको भन्दै विरोध स्वरुप नाम नभएको तर अभिभावकहरुबाट भन्ने उजिरी आएको छ । नियम पु¥याएर समिति गठन गर्न आग्रह गरेको पनि जानकारी गराए । पछिल्लो समयमा भैरव मावि छहरा राजनीति हावी भएकै कारण कुनै पनि समस्या सुल्झन सकेका छैनन् । समस्याप्रति सम्बन्धित निकाय
बेलैमा चनाखो बन्न जरुरी छ ।

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *