भागीरथी प्रतिभा पुरस्कारबाट साहित्यकार गहिरे सम्मानित

पाल्पा, भदौ २४/पाल्पाली साहित्यकार तथा कथाकार मन गहिरे भागीरथी स्मृति प्रतिभा पुरस्कार २०७५ बाट सम्मानित भएकी छन् । नारी साहित्य समाज नवलपरासीले विशेष कार्यक्रमका बिच नवलपरासीमा गहिरेलाई सम्मान गरेको हो । मोती जयन्तीको अवसर पारेर समाजले श्रष्ठाहरुलाई सम्मान गरेको छ । समाजले नेपाली साहित्य क्षेत्रमा पुयाएको महत्वपूर्ण योगदानको मूल्याड्ढन गर्दै गहिरेलाई नगद र प्रमाण पत्रले सम्मान गरेको हो । गहिरेले नेपाली साहित्य, पत्रकारिता, सामाजिक, शैक्षिक क्षेत्रमा अथक साधकका रुपमा आफ्नो परिचय बनाइसकेकी छन् ।

दुई दशकदेखि साहित्य, पत्रकारिता र शिक्षा क्षेत्रमा सक्रिय गहिरेले मनका कथाहरु कथा संग्रह र परिभाषित समय कविता संग्रह प्रकाशित गरिसकेकी छन् । गहिरे यस अघि नेपाली समाजलाई पत्रकारिता, शिक्षा र सामाजिक क्षेत्रका माध्यमबाट पुयाएको योगदानको कदर गर्दै विभिन्न संघ संस्थाहरुबाट समेत सम्मानित भएकी छन् ।

गहिरे देवीभक्त चोलकुमारी सामाजिक सेवा पुरस्कार २०६४, उत्कृष्ट पत्रकारिता पुरस्कार २०६९, विश्व नारी साहित्यक पदक २०७१, सकला वाङ्मय पुरस्कार २०७१, मनका कथाहरु कथा संग्रह, राधा बद्री अम्बिका स्मृति प्रतिभा पुरस्कार २०७२, सत्यमोहन जोसी शदाब्दी पदक २०७१, उत्कृष्ट लेखन भागीरथी प्रतिभा पुरस्कारबाट साहित्यकार गहिरे सम्मानितवृद्धि २०७४ लगायतका दर्जनौं पुस्कारबाट पुरस्कृत भइसकेकी छन् । समाजले सोही अवसरमा बरिष्ठ साहित्यकार डा.धनपति कोइरालालाई एदोगबहादुर श्रेष्ठ पुरस्कार र अर्को बरिष्ठ साहित्यकार डा. केशवराज आमोदीलाई कृष्णदेवी शर्मा पुरस्कार प्रदान गरेको छ । त्यस्तैगरि वरिष्ठ साहित्यकार कृष्णदेवी शर्माद्वारा लिखित सिर्जना भित्र भावस्नान समीक्षा संग्रहको समेत विमोचन गरिएको थियो ।

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *