भव्य समारोहबीच भीमसेन गुठी सम्मानित

पाल्पा, पोखराको गणेश गुठी सेवा समितिद्वारा सञ्चालित ‘वीरन्द्र दीप प्रतिस्ष्ठान’ पुरस्कारबाट शनिबार तानसेनको भीमसेन गुठी सम्मानित भएको छ । पाल्पाको सद्रमुकाम तानसेनस्थित भीमसेन मन्दिर गुठीका सदाधिकारीहरुलाई गणेश गुठीका अध्यक्ष वीरेन्द्रकुमार बाटाजूले एक नगद तथा प्रसंशापत्रले सम्मान गरे ।
पुरस्कारमा ५० हजार ५ सय ५५ नगद र सम्मानपत्र रहेको छ । पुरस्कारसंगै गुठीलाई आर्थिक सहयोग स्वरुप थप २५ हजारको नगद राजेन्द्र बाटाजूकातर्फबाट प्रदान गरिएको थियो । सम्मान कार्यक्रमका अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय आनन्दराज मुल्मीले, देश विकासका लागि भौतिक पुर्वाधार आवश्यक पर्ने बताउँदै, सामाजिक क्षेत्रमा योगदान गरेका पाल्पालीहरुले अब पाल्पाको भविश्यका विषयमा सोच्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि वयोवृद्ध समाजसेवी तथा पुराना स्वास्थ्यसेवी तिलकमान बज्राचार्यले पोखरा र पाल्पाको सम्बन्धलाई सामाजिक क्षेत्रको विकासमा लगानी गर्नुपर्ने बेला आएको बताए । प्राध्यापक छत्रराज शाक्यले, तानसेन ऐतिहासिक मात्र नभएर धार्मिक क्षेत्रमा पनि अत्यान्तै महत्वपूर्ण स्थान भएको बताए । तानसेन नगरपालिकाका कार्यकारी अधिकृत अनिल पौडेलले, तानसेनका ऐतिहासिक धरोहरहरुको संरक्षण गर्न सके पर्यटकीय र साँस्कृतिक नगरका रुपमा विकास गर्न सकिने बताए । भीमसेन गुठीका अध्यक्ष शम्भुरत्न मुनकमीले, भीमसेन गुठीको सञ्चालन र त्यसको व्यवस्थापनका विषयमा प्रकाश पारे । पुरस्कारदाताको तर्फबाट राजेन्द्रकुमार बाटाजू, गणेश गुठीका सचिव पुर्णमान पालिखे लगायतले मनतब्य व्यक्त गरे । पुरस्कारको लागि पूर्णमान पालिखेको संयोजकत्वमा भूपनिधि पन्त र प्रकाशमान पालिखे सदस्य रहेको छनोट समितिले जनसमुदायबाट स्थापना भई दुई सय वर्ष पुरानो सो गुठीलाई सम्मान गर्न शिफारिस गरेको थियो । पोखरा उपमहानगरपालिका ८ निवासी बीरेन्द्रकुमार वाटाजूको चौरासी पूजाको अवसरमा उनका परिवारबाट ५ लाख रुपैयाँ अक्षयकोष राखी स्थापना गरिएको सो प्रतिष्ठानको सञ्चालन गणेश गुठी सेवा समितिले गर्दै आएको छ । यस अघि गत वर्ष तनहुँ देवघाटधाम–२ श्री हरीहर सन्यास आश्रमका पीठाध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतिलाई सम्मान गरिएको थियो ।

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares