भट्टराईको इजलाशमा लोकमान विरुद्धको मुद्धा दोस्रो नम्बर

काठमाडौं, म्याद तामेलीमा अवरोध गरेको भन्दै अख्तियार प्रमुख लोकमान सिंह कार्कीसहित चार जनालाई कारबाहीको माग गर्दै परेको निवेदनमा सर्वोच्च अदालतमा आज बहस हुँदैछ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएको छ । भट्टराईको इजलाशमा २४ मुद्धा परेका छन् । जसमध्ये कार्कीविरुद्धको मुद्धा दोस्रो नम्बरमै परेको छ ।

म्याद तमेलीमा अवरोध गरेको भन्दै कार्की, उनका ज्वाइँ प्रवल थापासहित चार जनालाई कारबाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले निवेदन दिएका थिए । अर्यालकै रिटमा सर्वोच्चले कार्कीको योग्यतासम्वन्धी फैसला पुनराबलोकन गर्ने फैसला सुनाएको थियो । त्यसको म्याद तामेलीका लागि गएको अख्तियारको टोलीलाई कार्कीका ज्वाइँसहितको टोलीले अवरोध गरेको थियो ।

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *