बैंकहरुको भीडमा लोकप्रिय बन्दै शाइन रेसुङ्गा

रामचन्द्र रायमाझी
पाल्पा,
तानसेनको मखनटोल क्षेत्र बैंक तथा वित्तीय संस्थाका लागि ‘हव’ नै मानिन्छ । यस क्षेत्रमा सवै वाणिज्य बैंकहरुका शाखा रहेका छन् । साथसाथै राष्ट्रियस्तरका विकास बैंक र फाइनान्स कम्पनिले पनि मखनटोलमै सेवा दिइरहेका छन् । पछिल्लो समयमा तानसेनमा बैंकहरु खुलेसँगै वित्तिय प्रतिस्पर्धा पनि चलेको छ । बैंकहरुले आ–आफ्ना ग्राहकहरुमा विभिन्न सेवा सुविधा दिदैं आकर्षण गर्ने क्रम पनि बढ्दो छ । आफ्नो वित्तिय कारोवार बढाउन बैंकहरु लागि परेका छन् । यस्तै बैंकहरुको भीडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक ले । तानसेनको मुटुका रुपका रहेको मखनटोलमा विगत २१ महिनादेखि बैंकले आफ्नो कारोवार सञ्चालन गर्दै आएको हो । बैंकले भिन्नै अस्तित्वका साथ ग्राहक वर्गमा सेवा प्रदान गरेकै कारण बंैकमा सेवा ग्राहीको आकर्षण बढ्दै गएको छ । बंैकले कागज पत्र मिलाएर आएको खण्डमा दुई दिनमै कर्जा उपलब्ध गराउने भएकाले पनि लगानीकर्ताहरुको विशेष आकर्षण रहेको शाखा प्रवन्धक दीपक पाण्डेले बताए । बैंकले जिल्लामै पहिलो पटक सेवाग्राहीलाई मध्येनजर गर्दै मुद्दतीमा १२ प्रतिशत र बचतमा ८ प्रतिशत ब्याज दिदैं आएको छ । बैंकले सेवा विस्तार गरेको छोटो समयमै २ हजार २ सय ग्राहक पु¥याउन सफल भएको प्रवन्धक पाण्डेले बताए । उनले भने बैंकको निक्षेप भन्दा पनि कर्जा बढी रहेको छ । बैंकले अन्य क्षेत्रको पुजीँलाई जिल्लामा ल्याएर लगानी गरेको छ । जसले गर्दा जिल्लाको समग्र आर्थिक विकासमा बैंकले ठूलो योगदान पु¥याएको पाईन्छ । गत वर्ष मात्रै २८ लाख मुनाफा कमाउन सफल बैंकले यसवर्ष १ करोड मुनाफा गर्ने प्रवन्धक पाण्डेले बताए । बुटवलमा केन्द्रीय कार्यलय रहेको बैंकले सेवा ग्राहीहरुलाई रेमिटान्सको पनि व्यवस्था गरेको हो । सरकारले स्थानीय तहरुमा बैंकहरु लैजाने भने पनि शाइन रेसु·ा बंैकले पहिले नै दुर्गम स्थानमा वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *