बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण

पाल्पा, (बगनासकालि), मंसिर १९/ बगनासकाली गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम भएको छ । गाउँपालिकाले बाल मैत्री स्थानीय शासन अवलम्बनका लागि गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण तालिम दिएको हो ।
बाल बचाउँ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता जस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गने उद्देश्य अनुरुप गाउँपालिकाकाले शिक्षक, विद्यार्थी, सरोकारवालाहरुलाई छुट्टाछुटै रुपमा प्रशिक्षण दिर्दै आएको छ । अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बालमैत्री स्थानीय शासन के हो ? किन आवश्यक छ र बालबालिकामा लगानी किन गर्ने सम्बन्धमा सहजिकरण गरेका थिए । बालमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयन ईकाइका फोकल पर्सन तथा कार्यदलका सदस्य सचिव मनोज आचार्यले बालमैत्री स्थानीय शासन घोषणाका लागि पुरा गर्नुपर्ने खुड्किलाहरु, बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र अर्थपूर्ण सहभागीतालाई संस्थागत गर्ने तथा बाल अधिकारलाई मूलप्रवाहीकरण गरी बाल अधिकारलाई सुनिश्चित गरी आप्mनो नीति, कार्यक्रममा लागू गर्ने सूचकहरुको विषयमा जानकारी दिए । यस्तै गरी बालमैत्री स्थानीय शासन कार्यदलका सदस्य एवं स्वास्थ्य संयोजक मणीराम अधिकारीले स्वास्थ्य क्षेत्रसंग सम्बन्धित सूचकहरुको सम्बन्धमा प्रस्तुती राखे । कार्यक्रममा बगनासकाली गाँउपालिकाका अध्यक्ष कृष्णप्रसाद वस्यालले सबै क्षेत्रबाट सहयोग प्राप्त भयो भने बालमैत्री स्थानीय शासन सफल हुने बताए । कार्यक्रममा सहभागीहरुले बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्न सवैले आप्mनो स्थानबाट सहयोग प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा गाउपालिका उपाध्यक्ष सरस्वती चिदी, न्यायिक समितिका पदाधिकारी, स्वास्थ्यकर्मी सहित ३५ जनाको सहभागिता रहेको थियो । कार्यक्रम बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालको अध्यक्षता, बालमैत्री स्थानीय शासन कार्यदलका सदस्य मणीराम अधिकारीको स्वागत, बालमैत्री स्थानीय शासन कार्यान्वयन ईकाइका फोकल पर्सन मनोज आचार्यको सञ्चालनमा भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *