बागलुङ्गमा सञ्चालित शैक्षिक तथा धार्मिक महोत्सवको पाँचौ दिन सम्म ९८ लाख रकम संकलन

कौरव खत्री
गुल्मी, मंसिर २०/
बागलुङ्ग ढोरपाटनमा सञ्चालित शैक्षिक तथा धार्मिक महोत्सवमा आर्थिक सहयोग रकम थपिदै गइरहेको छ । महोत्सवको पाँचौ दिन सम्म नगद र भौतिक सामाग्री गरी ९८ लाख बराबरको आर्थिक सहयोग जुटेको निसिभूजि जनता क्याम्पस ढोरपाटन नगरपालिका १ बुर्तिबाङ्ग बाग्लुङ्गका क्याम्पस प्रमुख कृष्णकान्त आर्चायले बताए । पश्चिम बागलुङ्गकै एकमात्र क्याम्पस निसीभुजी जनता क्याम्पसलाई सुविधा सम्पन्न स्र्माट क्याम्पसको सञ्चालनार्थको लागि शैक्षिक तथा धार्मिक महोत्वको आयोजना गरिएको हो । महोत्सव मंसिर २२ गतेसम्म सञ्चालन हुने क्याम्पस प्रमुख कृष्ण कान्त आर्चायले बताए ।

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *