बाँदरलाई हानेको गोली लागेर मानिसको मृत्यु

पाल्पा, पुस १८/
पाल्पाको तिनाउ गाउँपालिका–६ मस्यामको छत्तीवन जंगलमा ३६ वर्षका बलबहादुर लम्तरीले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर ६२ वर्षका धनबहादुर थापाको मृत्यु भएको छ । सोमबार साँझ भरुवा बन्दुकको गोली लागेर स्थानीय थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । गोली प्रहार गर्ने लम्तरीलाई बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । उनले ठानेर गोली हान्दा थापालाई लागेको प्रहरीलाई बयान दिएका छन् । घटनाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *