बलपूर्वक अनुसन्धान हुँदैन : महान्यायाधिवक्ता खरेल

रमेश विश्वकर्मा
गुल्मी, वैशाख १८/महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले फौजदारी कसुरमा आरोपित व्यक्तिहरुलाई हतकडी लगाएर र बलपूर्वक अनुसन्धान हुन नसक्ने बताए ।
मंगलबार जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको नवनिर्मित भवनको उद्घाटन गर्दै खरेलले सरकारी वकिल कार्यालय पीडित मैत्री कक्ष भएकाले पीडित साक्षी कक्षमा बसी शान्त रुपमा छलफल गर्नुपर्ने बताए ।

समाजमा अपराध गर्ने अपराधीहरु सबैको नजर वरपर घुमिरहेकाले अनुसन्धानमा राजनीतिक दबावहरु आउने गरेको स्मरण गर्दै अनुसन्धानका क्रममा निष्पक्ष हुने भन्दै त्यसमा दबाव आउनु राम्रो नभएको र अनुसन्धानमा लिँदा त्यती आत्तिनुपर्ने अवस्था नहुने जानकारी दिए । आगामी चारवर्ष भित्रमा सबै सरकारी वकिल कार्यालयहरुमा नयाँ भवनहरु बनाउने भन्दै नयाँ भवनहरुमा पीडित मैत्री कक्ष र सुविधा सम्पन्न निवास सहितका भवनहरु बन्ने र सरकारी वकिल सरुवा भएर जाँदा आवासका लागि विगतमा आएका समस्याहरुको अन्त्य गर्ने गरी सुविधा सम्पन्न भवनहरु निर्माण गर्दै गएको बताए । यसैगरि खरेलले विगतमा गरेका कार्यहरुलाई भविष्यमा कुनै पश्चताप नआउने गरी न्याय क्षेत्रमा कार्य गर्न आग्रह गर्दै आफू सधैं यसमा सचेत रहेर कार्य गर्दै आएको दावी गरे । उनले अहिले हामी संविधानको कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै जुन सुखद पक्ष भएको र संविधानले नागरिकका धेरै अधिकारहरु सुनिश्चित गरेको भन्दै यसलाई कार्यन्वयन गर्नुपर्ने बताए । घटनाहरुको विषयमा यथार्थ चित्र बाहिर ल्याइदिन आग्रह गर्दै अनुसन्धानका विषयहरुमा विशेष ख्याल गर्न पत्रकारहरुलाई आग्रह समेत गरेका थिए ।
कार्यक्रममा सरकारी वकिल कार्यलयमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै ढालबहादुर नेपालीलाई प्रमाणपत्र र नगद सहित सम्मान गरिएको थियो । खरेलले जिल्लाको कारागार, जिल्ला प्रहरी कार्यालयको पनि अनुगमन गरेका थिए । नवर्निमित आवास सहितको सरकारी वकिल भवन २ करोण नांै लाख ९४ हजार २ सय ३७ रुपैया १४ पैसामा बासुरी सुनिल समिर जेभीले निर्माण कार्य सम्पन्न गरेको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *