बन्न सकेन तीन मुखे पुल

हाम्रो संवाददाता
गुल्मी, पुस २४/पाल्पा, गुल्मी र स्याङ्जा जोड्ने तीन मुखे पुल अझैसम्म निर्माण हुन सकेको छैन । कम्पनीको ढिलासुस्तीका कारण जिल्लाको रिडीमा बन्न लागेको तीन मुखे पुलको समयवाधि सकिदा समेत पुरा हुन नसकेको हो । यस विषयमा नवजनचेतना दैनिकले पटक–पटक समाचार प्रकाशन गरेर सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

२०७१ मंसिर १५ गते पुलको सिलान्यास गरिएको थियो । विना मना जे.भी कम्पनीले २०७४ सालको असार ९ गते निर्माण कार्य सम्पन्न गर्नेगरी जिम्मा पाएपनि कामको अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन् । निर्माण कार्यसुस्त गतिमा चल्दा पुल निर्माण गर्ने अवधि पुराहुँदा समेत पुलले आकार लिन सकेको छैन । कुल ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ रुपैयाँ लागतमा बन्न लागेको पुल निर्माणको जिम्मा नयाँबाटो –रुबिना—मना जेबिले निर्माणको जिम्मा पाएका थिए । तीन वटा कम्पनीहरुले संयुक्त रुपमा उक्त पुल निर्माण गर्न जिम्मा पाए पनि कामको कुनै प्रगति हुन भने सकेको छैन ।

नेपाल सरकारको स्थानीय पूर्वाधार विकास तथा कृषि सडका विभाग (डोलिडार) ले निर्माणका लागि ठेक्का प्रदान गरेको थियो । कुल ५ सय ४० मिटर लम्बाई रहने पुलका प्रत्येक तीनवटा लुठ्ठाहरुको लम्बाई १ सय ८० हुने व्यवस्था रहेको छ । पुलको मुख्य पिलर मात्रै १७ मिटर तल गहिराइबाट निर्माण हुने गरी नक्सा तयार गरिएको हो । रिडीमा पुल बनेसँगै पुलको एउटा मुखबाट पस्ने मान्छे जुन जिल्लामा जान चायो त्यहि जिल्लामा जान सकिने गरी पुल निर्माण हुने नक्सामा उल्लेख छ । तीन जिल्लाको प्रशिद्ध धार्मिक तिर्थस्थललाई जोड्ने नेपालकै नमूना तीन मुखेपुल लामो समयदेखि निर्माण कार्य नहुँदा सम्पन्न हुनसकेको छैन । अहिलेसम्म निमार्ण कार्य सम्पन्न हुने समयमा पुलको पिलर मात्रै निर्माण भएको छ । अहिलेसम्म १० प्रतिशत पनि पूरा हुन नसकेको स्थानीय बताउँछन् । आउने एक वर्ष भित्रमा काम सम्पन्न गर्ने गरी काम भइरहेको पुल निर्माणको जिम्मा पाएको नयाँबाटो –रुबिना—मना जेबिका प्रमुख महेन्द्र अधिकारीले बताए । उनले काम गर्दै जाँदा ढिलाई भएको र अब आउने २०७६ साल मंसिरसम्ममा काम सम्पन्न हुने दाबी गरे ।

अधिकारीले पुलको मुख्य पिलरको काम भइरहेको बताए । नयाँ काम भएकाले पनि ठेक्दारले काममा ढिलाई गरेको रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले बताए । निर्माण कम्पनिले काम गर्ने बीचमा रोकिने गर्नाले काममा ढिलाई हुँदै आएको छ अध्यक्ष गौतमले भने, ‘फेरि कामको सुरुवात भएको छ यसले पुन आशा जगाएको छ ।’ पुलको उल्लेख्य काम नभएपनि हाल सम्म दुई करोड बढीको काम भएको पुल शिलान्यास कर्ता पूर्व सांसद चन्द्र भण्डारीले बताए । उनले कामलाई तिब्र गतिमा लैजानको लागि सम्बन्धित निकाय सँग छलफल गरेर अगाडि बढाईने बताए । नेपालकै नमूना पुल भएकाले गुल्मीको भाग्यरेखा यसले कोर्ने काम गर्ने भएकाले यसलाई अलपत्र हुन नदिने पूर्व सांसद भण्डारीले बताए ।

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *