तानसेनका बन्दीहरुलाई पुस्तक तथा खेलकुदका सामाग्री वितरण

पाल्पा, माघ २८/पुस्तक दिवसको अवसरमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ पाल्पाले जिल्ला कारागार तानसेनका बन्दीहरुलाई पुस्तक तथा खेलकुदका सामाग्री वितरण एक कार्यक्रमका बिच गरेको छ ।
कार्यक्रममा ८१ थान पुस्तक, २ थान बल, २ थान चेस, २ थान लुडो, १ सेट ब्याटमिन्टन र एक दर्जन कक वितरण गरेको छ । वितरण कार्यक्रममा कार्यालय प्रमुख भक्तीसरा रानाले अन्य संघ संस्थामा सहयोगको लागि आग्रह गर्दा पनि पुस्तक सहयोग पाउन नसकेको तर पुस्तक व्यवसायीहरुले अकस्मात गरेको सहयोगले आफु र आफ्नो कार्यालय निकै खुसी भएको भन्दै महासंघलाई धन्यवाद व्यक्त गरिन् ।

विस १९८३ सालमा स्थापना भएको कारागारमा ५६ जना महिला, २ जना बालबालिका र २ सय ३३ जना पुरुष बन्दी रहेकाछन् । पुस्तक व्यवसायी महासंघ पाँच नम्बर प्रदेशका कोषाध्यक्ष कमलराज तिमिल्सिनाले कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए । जिल्ला शाखा सल्लाहकार नरेशचन्द्र भट्टराईले आगामी वर्ष पनि यो सहयोगलाई निरन्तरता दिने जानकारी दिए । जिल्ला शाखा अध्यक्ष किशोर भट्टराईले अन्य पुस्तकहरु माग आए आफुहरु सहयोग गर्न जति बेला पनि तयार रहेको बताए । बन्दीको तर्फबाट राजु आचार्य र आशा दाहालले सधैँका लागि उपयोगी हुने पुस्तक आफुहरुको साथी जस्तै रहने धारणा व्यक्त गरेका थिए ।

  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *