## death-5 news # tharrapma parera murtu #yak ko murtu ##butwal news #nepal news #

बदेल मार्न राखिएको धरापमा परेर एकको मृत्यु

बुटवल, वैशाख ११/जिल्लामा विद्युतीय धरापमा परेर एक जनाको मृत्यु भएको छ । बदेल मार्नका लागि बनाइएको विद्युतीय धरापमा परी रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकटोलका मीनबहादुर गोतामे क्षेत्रीको मृत्यु भएको हो । देवदह नगरपालिका–९ को जंगलमा रहेको स्थानीय रोहणी खोलामा थापिएको विद्युतीय धरापमा परेर गौतामेको मृत्यु भएको थियो ।

वैशाख १ गतेदेखि हराएका गौतमको खोजतलास गर्दा शव गाडिएको अवस्थामा फेला परेको हो । गोतामेको मृत्युपछि शव लुकाउन जंगलमा गाडिएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले विद्युतीय धराप थाप्ने र शव जंगलमा गाड्ने पाँच जना अभियुक्तहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिलबहादुर मल्लले गोतमेसहित गाउँको एक समूहले मिलेर थापेको विद्युतीय धरापमा परी गोतमेको गत २ गते मृत्यु भएको बताए । अनुसन्धानका क्रममा धराप थाप्ने समूहका अन्य सदस्यले घटना लुकाउन अन्यत्रै लगेर गाडेको खुलेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *