बडीगाड खोलाको निर्माणाधीन पक्की पुल भत्कियो

गुल्मी, बैशाख २/ जिल्लाको मुसिकोट नगरपालिका जोड्ने पक्की पुल भत्किएको छ । शुक्रवारबाट ढलान सुरु गरी अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी बीचमा भाँचिएको हो । मुसिकोट नगरपालिका वडा नं. ७ र ३ को झेंदी भन्ने स्थानमा रहेको बडीगाड खोलामाथि पुल निर्माण भइरहेको थियो । निर्माणाधीन पक्की पुल भाँच्चिदा ५ जना घाइते भएका छन् ।घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भइरहेको छ । घाइतेहरु मध्ये निर्माण व्यावसायी समेत रहेका ऋषिराम इटनी काठमाडौं र बडिगाड गाउँपालिका २ का तुलवहादुर रानालाई पोखरा रिफर गर्ने गरिएको छ । दुर्घटनामा मुसिकोट नगरपालिकाका रनवहादुर कुमाल, गणेश कुमाल र रुद्रवहादुर कार्कि घाइते भएका छन् । ५५ मिटर लामो पक्की पुल ५ करोड लागतमा निर्माणाधीन रहेको मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए । इन्जिनियरिङ त्रुटिकै कारण दुर्घटना भएको हुनसक्ने उनले आशंका गरे । जयवुद्ध कन्स्ट्रक्सन प्रालि काठमाडौंले पुल निर्माण गरिरहेको हो । गत वर्ष सोही स्थानमा रहेको झोलुंगे पुल भत्किएपछि पक्की पुलको निर्माण थालिएको थियो ।

  • 72
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    72
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *