बजारमा कुखुराको मासु अभाव

शर्मिला थापा मगर
पाल्पा,
जिल्लामा कुखुराको मासु अभाव देखिएको छ । बोइलर कुखुरा उत्पादनमा कमी आए सँगै मासु अभाव देखिएको हो । गर्मी मौसम शुरु हुन लागेसँगै तराईमा चल्लाको माग कम हुन थालेपछि चल्ला उत्पादक फर्महरुले कम मात्रामा चल्ला उत्पादन गर्दा जिल्लामा मासु अभाव देखिएको छ ।
उत्पादनामा कमी आएपछि कुखुरा पालन कृषकहरुले महङ्गो मूल्यमा चल्ला खरिद गरी ल्याउनुपर्ने भएकाले कुखुराका चल्ला जिल्लामा कम भित्रिएकाले मासु अभाव देखिएको मासु व्ययसाय संघ पाल्पाका अध्यक्ष दलबहादुर राजपुतले बताए । जिल्लामा दैनिक ४० देखि ५० किलोसम्म कुखुराको मासु विक्री गर्दै आएका मासु व्यवसायीहरुले अहिले आएर दैनिक २०/२५ किलो मात्र विक्री गरिएको तानसेनका मासु व्यवसायीहरु बताउँछन् । जाँडो मौसममा दैनिक ३० देखि ३५ किलोसम्म मासु विक्री गर्दै आएको तर कुखुराको उत्पादनमा कमी आएपछि मुस्किलले दैनिक १५ किलो सम्म मासु विक्री गर्दै आएको बसन्तपुरस्थित भैरव फ्रेस हाउसका सञ्चालक रमेश गोदारले बताए । उत्पादनमा कमी आएपछि मूल्य बढ््ने भएकाले कृषकले चल्ला खरिद गर्न सक्ने क्षमतामा कमी आएकोले पनि मासु अभाव देखिएको दान व्यवसाय राजु ढुङ्गानाले बताए । मासु कम पाउन थालेपछि जिल्लाका कतिपय मासु पसलहरु बन्द हुन थालेका छन् । तानसेनमा मात्र १ सय १५ वटा फ्रेस हाउस सञ्चालनमा रहेको र दैनिक ५ सय किलो मासु खपत हँुदै आएको अध्यक्ष राजपुतले बताए । उनले भने ‘पछिल्लो समयमा कुखुराको उत्पादनमा कमी आएपछि यो अनुपातमा कमी आएको हो ।’ यस्तै अवस्था रहिरहे हप्ता दिन भित्रमा प्रति किलो २० रुपैयाँका दरले मासुको मूल्यमा वृद्धि हुने अध्यक्ष राजपुतले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *