बगनासका व्यसायिक कृषकलाई त्रिपाल र प्लाष्टिक वितरण

पाल्पा, (बगनासकाली) असोज १५/ बगनासकाली गाउँपालिकाका व्यवसायिक कृषकहरुका लागि त्रिपाल र प्लाष्टिक टनेल वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाले व्यवसायिक कृषकहरुका लागि त्रिपाल र प्लाष्टिक वितरण गरेको हो । शाखाले गुणस्तरी मकै विउ उत्पादनका लागि गाउँपालिका वडा १ का कृषकहरुलाई एक कार्यक्रमका बीच त्रिपाल वितरण गरेको छ । मकै विउ उत्पादन सम्बन्धि एक दिने अन्र्तक्रिया कार्यक्रममा वडाका ६० जना व्यवसायिक कृषकहरुका लागि त्रिपाल वितरण गरिएको कृषि शाखा संयोजक सन्तोष जिसीले जानकारी दिए ।

विगतमा पिपलटारी मकैं विउ उत्पादक कृषक समूहले चार टन मकै उत्पादन गरेकोमा यस वर्ष पाँच टन मकै उत्पादन गर्ने लक्ष्य लिएको कृषि समुहका अध्यक्ष चन्द्रवीर रानाले बताए । त्यस्तै गरी कृषि शाखाले वडा ९ मा व्यवसायिक कृषकहरुलाई प्लाष्टिक टनेल वितरण गरेको छ । व्यवसायिक टमाटर खेती गर्न ३० जना कृषकहरुलाई प्लाष्टिक वितरण गरिएको वडा अध्यक्ष थानेश्वर तिमिल्सेनाले जानकारी दिए ।

  • 73
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    73
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *