बगनासकाली गाउँपालिकामा खोप सम्बन्धी गोष्ठी

पाल्पा,  बगनासकाली गाउँपालिकामा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजना र गाउँपालिकको व्यवस्थापनमा खोप कार्यक्रम सम्बन्धी सुक्ष्म योजना तर्जुमा गोष्ठी भएको छ । गत तीन वर्षको प्रगतिको समीक्षा गरी समस्याहरु पत्ता लगाई आर्थिक वर्षका लागि गाउँपालिका स्तरीय सुक्ष्म योजना तर्जुमा कार्यक्रम सोमबार भएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइ कार्य गर्दै आएकाले स्वास्थ्यकर्मीहरुलाई प्रभावकारी रुपमा काम गर्न आग्रह गरे । पालिकाकी उपाध्यक्ष सरस्वती चिदीले खोप सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह गरिन् । गोष्ठी कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण स्वास्थ्य चौकीका प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागितामा खोप सेवाको कार्यक्रम तथा योजाना तर्जुमा गरिएको स्वस्थ्य संयोजक मणिराम अधिकारीले बताए । कार्यक्रमा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालको अध्यक्षता, स्वागत जिल्ला स्वास्थ्य कार्यलय खोप अधिकृत ओमप्रकाश पन्थी र कार्यक्रमको सञ्चालन स्वास्थ्य संयोजक मणिराम अधिकारीले गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *