बगनासकालीका कृषकलाई हाते ट्याक्टर वितरण

पाल्पा, कार्तिक २०/ कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ । बगनासकाली गाउँपालिकाले गाउँपालिका भित्र रहेका ९ वटै वडाका व्यवसायिक कृषकहरुलाई एक कार्यक्रमका बिच १० वटा हाते ट्याक्टर वितरण गरेको हो ।
गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कृषकहरुकै रोजाईमा हाते ट्याक्टर वितरण गरिएको गाउँपालिकाका कृषि संयोजक सन्तोष जिसीले जानकारी दिए । ट्याक्टर वितरण गर्दै गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले कृषि उत्पादनमा वृद्धि गर्नका लागि कृषकहरुलाई छिटो छरितो र सहज हुने भएकाले हाते ट्याक्टर वितरण गरिएको बताएका छन् ।
गाउँपालिका भित्र रहेका कृषकहरुलाई व्यवसायिक कृषिमा प्रेरित गर्नका लागि कृषि सामाग्रीले टेवा पुग्ने अध्यक्ष बस्यालले बताए । प्रमुख प्रशासकिय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले गाउँपालिकालाई आर्थिक समृद्धि बनाउनका लागि कृषि क्षेत्रलाई प्रथामिकतामा राखेर गाउँपालिकाले नीति तथा कार्यक्रमहरु ल्याएको बताए । बजारमा विभिन्न ब्राण्डका ट्याक्टरहरु भएकाले कृषकहरुले आफ्नो रोजाईमा ट्याक्टर लिन सक्ने कृृषि संयोजक जिसीले जानकारी दिए ।

  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *